पूर्व पत्रकारको काँधमा प्रवक्ताको जिम्मेवारी 

अब निर्वाचनमा भएको पराजयको परस्परमा जश अपजश गर्ने कुरा क्षणिक प्रतिक्रिया मात्र हो जस्तो मलाई लाग्छ । हामी सबै जिम्मेवार छौं,अरुलाई मात्र दोष दिएर उम्कन मिल्दैन । कांग्रेसमा अहिले हामी सात जनाले मेलमिलाप दिवसका दिन सार्बजनिक रुपमा जे कुरा उठाएका छौं त्यो पार्टीको हितमा उठेको कदम हो। हामीले उमेरका कारणले नेताहरुले विश्राम लिनुपर्छ भनेका छैनौं । अब 'एज'ले होईन 'एजेण्डा'ले नेतृत्व गर्ने समय हो । कोही युवा हुँदैमा सक्षम नै हुन्छ भन्ने पनि होइन । 

यहाँहरुलाई अवगत नै छ भर्खरैमात्र राष्ट्रिय निर्वाचन सम्पन्न भएको छ । यतिबेला नेपाली कांग्रेस दुईवटा मनोविज्ञानमा छ । एउटा यसले शान्ति स्थापनामा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मृति अर्को हो यसले संविधान निर्माणमा निर्वाह गरेको सफल नेतृत्वदायी भूमिका । संविधान निर्माण पछाडि मधेशमा उत्पन्न भएको जटिलतालाई पनि बिश्वासमा लिएर जसरी शान्तिपूर्ण ढंगले राष्ट्रिय निर्वाचन सम्पन्न भएको छ,यसले देशमा विद्यमान लामो संक्रमणकालको अन्त्य गरेको छ । यसरी कांग्रेसले ऐतिहासिक भूमिका सफतापूर्वक सम्पन्न गरेको पृष्ठभूमि हामी सबैका सामु छ । यस्तो दोहोरो पृष्ठमभूमि नेपाली कांग्रेसको रहेको छ । तर अर्कोतर्फ नेपाली कांग्रेस हालै सम्पन्न निर्वाचनमा राष्ट्रव्यापी रुपमा पराजय भएको छ । कांग्रेसल यसलाई आत्मसाथ गरेर भविष्यका लागि जिम्मेवारीपूर्ण तरिकाले अघि बढ्ने सोचका साथ उभिएको बेला छ । 

नवीन जोश नयाँ चुनौति

यस्तोबेला नेपाली कांग्रेसभित्र अब नवीन ढंगले अघि जानुपर्छ भन्ने एउटा साझा मनोविज्ञान बनिरहेको अवस्था छ ।  नेपाली कांग्रेसले विद्यमान चुनौतीको एकतावद्ध भएर सामना गर्नुपर्छ भन्ने सोच सहित चाँडै नै बैठक बस्ने क्रममा नै छ । त्यो बैठक मार्फत नेपाली कांग्रेसले आजको चुनौतीहरुको सन्दर्भमा पार्टीभित्र उत्पन्न बिभिन्न बिचारहरुलाई हल गर्न गम्भिरतापूर्वक छलफल गर्नेछ । यस्तो परिस्थितिमा आदरणीय पार्टी सभापति शेरबहादुर देउवाज्यूले मलाई पार्टीको प्रवक्ताको जिम्मेवारी सुम्पिनुभएको छ । अहिले प्रवक्ताको रुपमा कार्य गर्न शुरु गर्दैगर्दा सबैभन्दा पहिला संचार क्षेत्रसँगै प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्नुपर्छ  भन्ने ठानेर यहाँहरुलाई आमन्त्रण गरेको हुँ । व्यक्तिगत रुपमा धेरै पत्रकार मित्रहरुसँग परिचय भएपनि एकसाथ भेट्दा परिचय नवीकरण पनि हुने विश्वासले यो अन्तरक्रियात्मक भेटघाट आयोजना गरिएको हो ।

नयाँ जिम्मेवारी र प्रतिवध्दता

आजको यो प्रारम्भिक एउटा भेटघाटमा पत्रकार साथीहरुसँग छलफल हुन सकोस् । यहाँहरुका केही जिज्ञासाहरुको प्रारम्भिक रुपमा सम्वोधन पनि गर्न सकियोस् भन्ने मेरो सोच रहेको छ । नेपाली कांग्रेस   र संचार माध्यमको बीचमा अस्पष्ट रहेका कुनै नयाँ कुरा त नहोला । स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर नेपाली कांग्रेस बिचारको विविधतालाई सम्मान गर्छ भन्ने कुरा यहाँहरुलाई अवगत नै छ । लोकतान्त्रिक मूल्य मान्यताको जुन दर्शन छ, त्यो बिमोजिम स्वतन्त्र प्रेस र प्रेसले प्राप्त गर्नुपर्ने सूचनाको सहज पहँुचका लागि एउटा राजनीतिक दलले गर्नुपर्ने काममा यहाँहरुको सुझाव महत्वपूर्ण हुने नै छ । यसलाई अझै गहन बनाएर लिएर जाने सन्दर्भमा प्रवक्ताका रुपमा मैले जिम्मवारी शुरु गर्दैछु ।

प्रेसको ऐतिहासिक भूमिका

नेपाली प्रेसले नेपालको लोकतान्त्रिक रुपान्तरणको निमित्त निर्वाह गरिआएको सबै भूमिकाहरुको पनि म यो बेलामा स्मरण गर्न चाहन्छु । लोकतान्त्रिक आन्दोलनको क्रममा प्रेसले भूमिका निर्वाह गर्दैगर्दा भिन्नभिन्न कालखण्डमा जीवन गुमाएका सबै व्यक्तित्वहरुलाई पनि म नेपाली कांग्रेसको तर्फबाट सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । मैले तपार्इंहरुलाई यसो भन्दै गर्दा आजको दिनमा नेपाली कांग्रेसले राष्ट्रिय रुपमा निर्वाह गर्दै गरेको भूमिकालाई स्मरण गर्दै आगामी दिनमा प्रखर ढंगले निर्वाह थप गर्नेछ भनेर अवगत गराउन चाहन्छु ।

पूर्व पत्रकार

 म भर्खरै प्रवक्ताको जिम्मेवारी पाएको मान्छे राजनीतिक कार्यकर्ता त निश्चय नै हो । तर बिगततिर फर्केर हेर्ने हो भने म पनि तपाईहरुकै पेशागत साथी पनि हुँ । आगामी दिनमा सहयात्रा गर्दैगर्दा मलाई नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी कार्यान्वयन गर्न पत्रकारिताको अनुभवले निकै मदत गर्छ भन्नेमा आशावादी छु । प्रेसको साथीहरुको बीचमा बिश्वप्रकाश पनि त्यहि क्षेत्रबाटै त्यहि पृष्ठभूमिबाट आएको मान्छे हो भन्ने यहाँहरुले सम्झिदिँदै गर्दा एउटै परिवारको हो भन्ने अनुभूतिले हामीलाई झन् निकट हुनलाई बल पुर्याउँछ भन्ने मलाई विश्वास छ । म व्यक्तिगत रुपमा त्यो अपील गर्न चाहन्छु । मलाई स्मरण छ पञ्चायतकालमा मेची क्याम्पसमा नेविसंघको नेतृत्व गर्दैगर्दा साप्ताहिक आलोक पत्रकार भरत भूर्तेलजीको नेतृत्वमा प्रकाशित हुन्थ्यो । त्यसमा विष्णु निष्ठुरीजी इलामबाट लेख्नुहुन्थ्यो । म झापामा ‘समय सन्दर्भ’ भन्ने स्तम्भ त्योबेला लेख्थें । मलाई सम्झना छ त्यस पछाडिको दिनमा बिद्युतीय संचार माध्यमा पनि मैले रेडियो नेपालको घटना र बिचारमा पत्रकार देवप्रकाश त्रिपाठीजीको नेतृत्वकालमा पनि केही समय काम गरेको थिएँ । उहाँकै नेतृत्वमा मैले केही समय मैले घटना र बिचार साप्ताहिकमा संवाददाता, बिशेष संवाददाता र सह सम्पादक हुँदै २०५२ सालको फागुन चैत्र र २०५३ सालको बैशाखको यो तीनवटा महिना काम गरेको थिएँ ।  एउटा मिडिया क्षेत्रकै मान्छेको रुपमा     धेरथोर मैले अनुभव हासिल गरेको छु । त्यसहिसाबले नेपाली कांग्रेसको प्रवक्तासँग मिडियाको सन्दर्भमा  तपाईंहरुले आफ्नै परिवारको एउटा साथीले एउटा पार्टीको जिम्मेवारी प्राप्त गरेको छ भन्ने सोचिदिनुभयो भने त्यसले हार्दिकता अझ बढाउने छ भन्ने मलाई विश्वास छ ।

दुई अलग धारणा 

नेपाली कांग्रेसको नीति र निर्णयलाई सार्वजनिक रुपमा राख्दै गर्दा मेरा व्यक्तिगत धारणाहरु त्यसभित्र समाहित कतिपय बेला हुन सक्छन् भने कतिपय बेला नहुन सक्छन् । व्यक्तिगत रुपमा बिश्वप्रकाशको धारणा आफ्नो ठाउँमा छ तर मुख्य रुपमा पार्टीको प्रवक्ताको रुपमा पार्टीको धारणालाई नै सम्प्रेषण गर्नुपर्ने कर्तव्य ममा छ । यद्यपी गएको निर्वाचनको पराजयको पछाडी मैले केही जिल्लाहरुको भ्रमण   गर्दा सार्वजनिक रुपमा लेख्दै गर्दा मैले जे धारणा राखेको छु पार्टीको प्रवक्ताको रुपमा पनि त्यो धारणालाई निरन्तरता दिँदै हाम्रा धारणाहरुको एकाकार स्वरुप बन्छ भन्ने मलाई लाग्छ ।

हारेको फुटबल टिमको नियति

अब निर्वाचनमा भएको पराजयको परस्परमा जश अपजश गर्ने कुरा क्षणिक प्रतिक्रिया मात्र हो जस्तो मलाई लाग्छ । हामी सबै जिम्मेवार छौं,अरुलाई मात्र दोष दिएर उम्कन मिल्दैन । कांग्रेसमा अहिले हामी सात जनाले मेलमिलाप दिवसका दिन सार्बजनिक रुपमा जे कुरा उठाएका छौं त्यो पार्टीको हितमा उठेको कदम हो। हामीले उमेरका कारणले नेताहरुले विश्राम लिनुपर्छ भनेका छैनौं । अब 'एज'ले होईन 'एजेण्डा'ले नेतृत्व गर्ने समय हो । कोही युवा हुँदैमा सक्षम नै हुन्छ भन्ने पनि होइन । 

फुटबल हारेको टिममा गोलकिपरलाई दोष लाग्यो भने उसले पनि स्ट्राइकरमाथि दोष दिनसक्छ । तर समीक्षा गर्दै जाँदा त पूरै टिमका खेलाडीमाथि जवाफदेहिता आउँछ । त्यसो भएको हुनाले नेतृत्वका सन्दर्भमा उमेरको कुरा होईन एजेण्डाका बारेमा व्यापक छलफल हुनुपर्छ अनि सही मार्गमा हिँड्न सजिलो हुनेछ ।  (नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारी पाएको भोलिपल्ट आयोजित प्रेस सम्मेलनमा राखेका धारणाको सम्पादित अंश) प्रस्तुति : सुकृत नेपाल     

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो – सभापति देउवा

  काठमाडौँ, ३ असार  ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा अपत्ती जनाएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा

कम्युनिस्ट सर्वसत्तावाद विरुद्ध लड्न अपिल 

काठमाडौ, असार ३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान सरकार सर्वसत्तावादतर्फ अघि बढेकाले लोकतन्त्र नै गुम्ने खतरा रहेको बताएका छन्।

 माथेमा आयोगको सिफारिस अनुसारको विधेयक ल्याउन काँग्रेसको आग्रह

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन

काँग्रेस सरकारविरुद्ध सडकमा उत्रने 

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै जिल्ला