अनुशासनका लागि खेल

भद्रपुर, २७ पाैष ।  ‘अनुशासनका लागि खेल, व्यावहारिक शिक्षाका लागि प्रयोगात्मक ज्ञान’ नाराका साथ भद्रपुर नगरपालिका– ३ मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । 

मुनाल एकेडेमीले सञ्चालन गरेको तीन दिवसीय वार्षिक खेलकुद कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

अतिरिक्त ज्ञान र विद्यार्थीको स्वास्थ्यका लागि आधारभूत आवश्यकताका रुपमा वार्षिक खेल कार्यक्रम गरिएको मुनाल एकेडेमीका प्रिन्सिपल इन्द्रबहादुर खतिवडा बताए । प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका ४५० विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए । रासस

नेपालको टि–२० विश्वकप यात्रा मलेसियाबाट शुरु

काठमाडौं, ७ वैशाख । अष्ट्रेलियामा सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुने आईसीसी टि–२० विश्वकप छनौट प्रतियोगिताहरुको खेल तालीका

क्रिकेटको गाँठो फुक्यो, आईसीसीको निलम्बन हट्ने

 काठमाडौं। बिहिबार सम्पन्न भएको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट गठित देशभरिका खेलसम्बद्ध

रुसमा दुई नेपालीले फुटबल खेल्ने

काठमाडौँ, ५ वैशाख । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन्

 साफ च्याम्पीयनसिपको ड्र सार्वजनिक

काठमाडौं,५ वैशाख । साफ च्याम्पीयनसिप फुटबल प्रतियोगिताको ड्र बुधबार बंगलादेशको ढाकामा सार्वजनिक भएको छ । नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा