गाईपालनबाट मासिक एक लाख आम्दानी

पाल्पा, २७ पाैष । तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् । गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पाल्नुभएको छ । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उनि गाईपालन व्यवसायमा सक्रिय छन् । 

वैदेशिक रोजगारबाट फर्केर उनले तीनओटा गाईबाट व्यवसाय शुरु गरेका हुन् । विदेशबाट फर्केर गाईपालन गर्नेमा अर्गली बौघापोखराथोक, मदनपोखरा, रामपुरलगायत क्षेत्रका युवा बढी रहेका छन् । मलेसिया, साउदी अरब, कतार लगायतका देशबाट फर्केर यहाँका युवा गाईपालन तथा तरकारी खेतीमा लागेका छन् । सदरमुकाम तानसेनदेखि नजिकै रहेको उक्त बस्तीका बासिन्दा तरकारी, दूध तथा स्थानीय उत्पादनले बजार पाउने भएपछि व्यावसायिक रुपमा पशुपालन र कृषि उत्पादनमा केन्द्रित बनेका हुन् । 

स्थानीय बासिन्दा मानु रेश्मी १२ वटा गाईबाट दैनिक १२० लिटर दूध बिक्री गर्न सफल भएका छन्  । घरपरिवारसँग बसेर नै गाईपालनबाट आम्दानी गर्न सकिने भएपछि विदेश जान नपर्ने उनले बताए। सहकारीमार्फत दैनिक ५०० लिटरभन्दा बढी दूध सदरमुकाममा बिक्री गरिँदै आएको छ । गाईपालन व्यवसायबाट स्थानीय युवा मासिक रु ५० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएका छन् । पर्याप्त आम्दानी लिन थालेपछि गाईपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । विदेशबाट फर्केका युवाले सामूहिक रुपमा गाईपालन र तरकारी खेती गर्न थालेका छन् । 

विसं २०६७ मा वैदेशिक रोजगारीबाट फर्केका यहाँका १० जना युवा गाईपालनमा जुटेका छन् । विसं २०७० मा चिनारी दुग्ध उत्पादन सहकारी संस्था स्थापना गरी विदेशबाट फर्केका युवाले गाईपालन, दूध संकलन, बजार व्यवस्थापन, ऋणको व्यवस्थालगायत काम गर्दै आएका सहकारीका अध्यक्षय टीकाराम रेश्मीले बताए। सहकारीमा ६५ घरपरिवार आवद्ध रहेकामा २७ परिवारले व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी गर्दैआएका छन् । रासस

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं,३१ जेठ । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरूलाई विभाजन गरेको छ अनि लामो समयदेखिको

बढी घुस्याहा कर्मचारी काठमाडौंमा

कमल न्यौपाने - काठमाडौं,३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रकेर्ड र अध्ययन अनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु रहेको जिल्लाका रुपमा

आर्थिक वृद्धिमा नेपाल विश्वको तेस्रो

काठमाडौं, ३० जेठ । नेपाल यो वर्ष विश्वमा तेस्रो तीव्र आर्थिक वृद्धि हासिल गर्ने मुलुकको सूचीमा परेको छ । तीव्र आर्थिक वृद्धि गरिरहेका छिमेकी भारत र

चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने

काठमाडौं,३० जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ। मुलुकभरका सात सय ४४