एक परिवार एक गाई/भैँसी

काठमाडौँ, २७ पाैष ।  नेपाल डेरी एशोसिएसनले भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग गरेको छ । गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै आम्दानी बढ्ने र मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने एशोसिएसनले जनाएको छ । 

भूकम्प अतिप्रभावित १४ तथा सामान्य प्रभावित १७ गरी ३१ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ती क्षेत्रमा घर निर्माणमा आर्थिक सहयोगका साथै व्यावसायिक तथा सीपमूलक परियोजना सञ्चालन गर्दै आएको छ । 

देशभर चार लाख ५० हजार कृषक परिवार दूध उत्पादनको क्षेत्रमा आबद्ध छन् भने शहरी क्षेत्रमा दैनिक रु तीन करोडको दूध उपभोग हुने गरेको एशोसिएसनका अध्यक्ष सुमित केडियाले जानकारी दिए । 

देशमा करिब रु १५ अर्बको लगानी डेरी उद्योगमा रहेको र यस क्षेत्रले २० हजार नागरिकलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको एशोसिएसनले जनाएको छ । उक्त एशोसिएसनअन्तर्गत करिब २०० उद्योग समावेश छन् । 

एशोसिएसनका महासचिव प्रह्लाद दाहालले सरकारले कृषकलाई समयसापेक्ष मूल्य समायोजन र कृषकले पनि गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए । मुलुकमा दैनिक ५० लाख लिटर दूध उत्पादन हुने भए पनि स्वदेशमा दूधको माग पूरा गर्न त्यसको २५ प्रतिशत दूध आयात गरिँदै आएको दाहालले जानकारी दिए ।  रासस

क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, ९ वैशाख । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको

 राष्ट्र बैंक साढे १३ अर्बको ट्रेजरी बिल बेच्दै

काठमाडौं,९ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले

इरानको आर्थिक विवरण अब यूरोमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । इरानले आधिकारीक आर्थिक विवरणमा अमेरिकी डलरको स्थानमा यूरोको प्रयोग गर्ने घोषणा गरेको छ । पछिल्ला समयमा इरानी

रु एक करोड भन्दा बढी राजश्व संकलन

नवलपरासी , ८ वैशाख । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ