घाँटीमा पलाएको एेँजेरूले बृद्धलाई समस्या

इलाम, २७ पाैष । इलामको बरबोटेस्थित आरुबोटेका ७८ वर्षका धनरुप नोगु (लिम्बू) घाँटीमा पलाएको ऐजेरु बोकेर हिँड्न बाध्य छन्।  उपचारमा डाक्टरले रु दुई लाख लाग्ने बताएपछि आर्थिक अभावका कारण उनि ऐजेरु नै बोकेर हिँड्न बाध्य भएका हुन् । एकदमै न्यून आर्थिक अवस्थाका लिम्बू ऐँजेरुका कारण केही गर्न नसकिएको बताउँछन् । 

२०२६ सालमा उनको घाँटीमा सानो कोठीजस्तो देखियो । त्यो कोठी पछि बढ्दै गयो । कोठी बढ्दै गएपछि उनले सदरमुकामको सिङ्फ्रिङस्थित डा मेघबहादुर सामुदायिक अस्पतालमा उपचार गराए । उपचार गराउँदा गाउँलेले रु १३ हजार चन्दा उठाइदिए । तर त्यसले कुनै पत्तो लागेन । 

“करिब २० वर्षअघि नै मैले यसको उपचार गराउन खोजेँ, तर डाक्टरले दुई लाख लाग्छ भनेपछि मेरो केही लागेन, मसँग त्यत्रो पैसा नभएपछि अहिलेसम्म ऐँजेरु बोकेर हिँड्न बाध्य छु,” उनले भने । 

खान लगाउन पैसासमेत नभएको बेलामा दुई लाख त सपनाजस्तो लाग्यो, उनि भन्छन् “उपचार नगराउँ भने यसकै कारण मरिने चिन्ता, गराउँ भने पैसा छैन” उनले दुखेसाे पाेख्दै भने  “जिल्लामा धेरै संघसंस्था गरिब दुःखीको क्षेत्रमा काम गर्ने भन्ने सुनिन्छ, तर कसैले वास्ता गरेका छैनन् ।” 

आर्थिक अवस्था कमजोर भएकै कारण आफू जीवनभर पीडित हुनुपरेको उनको दुखेसो छ । हुनेखाने भएको भए त उपचार गराउँथेँ, तर गरिबलाई हेर्ने कोही रहेनछ, उनले सुनाए। उनको घाँटीमा पलाएको मासुको डल्लो विस्तारै गालातिर सर्दैछ । पाँच किलोभन्दा बढी तौल भएको उक्त ऐँजेरुका कारण उनि राम्रोसँग बोल्न पनि सक्नुहुन्न । 

बेला–बेलामा मुखबाट पिप र रगत बग्छ, उनले भने “खाना खाँदा दुख्छ, हिँड्डुल गर्दा पनि साह्रै अप्ठ्यारो हुन्छ ।” घाँटीमा मासुको डल्लो ठूलो भएकाले कपडा लगाउन पनि उनलाई मुस्किल पर्छ । कपडा लगाए पनि रातभर पोल्ने गरेको उनि सुनाउँछन्  । उपचार गराउन पाएको भए बाँकी जीवन सुखी तरिकाले बित्न पाउने नोगुले आशा गरेका छन् ।  रासस

औलो फेरि फैलिन थालेकोमा विज्ञहरूको चिन्ता

दश वर्षयता पहिलो पटक विश्वमा औलो रोग लाग्नेको सङ्ख्यामा कमी नआएपछि यो प्राणघातक रोगको पुनरागमन भएको हो कि भन्ने चिन्ता उत्पन्न भएको

  ४०० शैयाको मातृशिशु अस्पताल अलपत्र,प्रदेश सरकारको कानमा तेल 

इटहरी, ७ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई वर्षअघि निर्माण थालिएको ४०० श्ययाको मातृशिशु अस्पताल भवनको निर्माण अलपत्र छ

बीर अस्पतालले ल्यायो थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि 

काठमाडौँ, ७ वैशाख। वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद

 जोखिममा जीवन : उपकरणबिना नै सुत्केरीको शल्यक्रिया

दुनै, डोल्पा, ७ वैशाख । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ ।  पन्ध्र श्यया क्षमता रहेको जिल्ला अस्पताल