गुरूचेलाकाे भेट, वाम गठबन्धनकाे बात

काठमाडौँ, २७ पाैष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । 

प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताए

अध्यक्ष दाहाल र उनलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका महामन्त्री सिंहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो । 

महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवं नेपालको कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुन्। भेटका क्रममा उनिहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए । 

भेटमा दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत हुनुभएको छ । 

उहाँहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको थियो । 

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो – सभापति देउवा

  काठमाडौँ, ३ असार  ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा अपत्ती जनाएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा

कम्युनिस्ट सर्वसत्तावाद विरुद्ध लड्न अपिल 

काठमाडौ, असार ३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान सरकार सर्वसत्तावादतर्फ अघि बढेकाले लोकतन्त्र नै गुम्ने खतरा रहेको बताएका छन्।

 माथेमा आयोगको सिफारिस अनुसारको विधेयक ल्याउन काँग्रेसको आग्रह

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन

काँग्रेस सरकारविरुद्ध सडकमा उत्रने 

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै जिल्ला