सर्बोच्चले माग्यो प्रधानन्यायाधीशका प्रमाण पत्रहरु,केसीलाई साधारण तारेख

 काठमाडौं,२६ पौष । सर्वोच्च अदालतले डा.गोविन्द केसीलाई साधारण तारेखमा छाड्न र प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपि झिकाउन आदेश दिएको छ।

केसीलाई साधारण तारिखमा छाड्ने आदेशमा पराजुलीले हस्ताक्षर गरेका छन्। सर्बोच्चले डा.शशि शर्माको पक्षमा भएको फैसलाको मिसिल पनि झिकाउन आदेश दिएको छ।

आदेशको पुर्ण विवरण यस्तोछ-

'विपक्षीले प्रस्तुत गरेको प्रेश विज्ञप्तिमा विभिन्न कुराहरु लेख्नु भएता पनि अदालतमा बयान गर्दा न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन,स्वच्छ आलोचना मात्र गरी अदालतलगायत समाजलाई घच्घच्याएको हुँ’भनी बयान गर्नु भएको देखिन्छ।

साथै विपक्षीको स्वास्थ्य अवस्थासमेत लाई विचार गर्दा प्रस्तुत मुद्दा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल विपक्षी डा गोविन्द केसीलाई मुलुकी ऐन अं.चं ४७ नम्बर बमोजिम तारेखमा राखी निजको तर्फबाट बहसमा उपस्थित विद्धान वरिष्ठ अधिवक्ता डा। श्री सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारबाही गर्नु। साथै निम्न अनुसार कार्य सम्पन्न गरी नियमानुसार पेश गर्नु।

१. सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासनबाट लिएका दुवै नागरिकता झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएका निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि समेत झिकाउनू।

२. निवेदक प्रा.डा. शशि शर्मा विपक्षि त्रिवि कुलपति तथा सम्माननीय प्रधानमन्त्री समेत भएको ०७०–डब्लूओ–०५७१ को मुद्दामा मिति २०७४–०९–२३ को फैसला सहितको मिसिल झिकाई साथमा राख्नू।

 

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड