राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

पोखरा, २६ पाैष ।  राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ . प्रतियागितामा पुरुष र महिलातर्पm नौ/नौ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । तौल तीनपटक उठाउन खेलाडीलाई मौका पाउने र प्रत्येकपटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिइनेछ । 

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी गराउन जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष उमेश सिकेले बताए । रासस

 को होला विश्वकप फुटबल हेर्न पाउने ४० नेपाली

काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको

 पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा, ७ फागुन । भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२औँ सफल अन्तर्रा्ष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ

 विश्वकप छनोट खेलमा जाने नेपाली क्रिकेट टोली बन्यो

काठमाडौँ, ७ फागुन । जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट

उदयपुरमा प्याराग्लाइडिङ

उदयपुर, ६ फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण