पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं, २५ पौष । नेत्रहिन विश्वकपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटको  पराजित भएको छ। नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९.१ आभेरमा १ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानका तर्फबाट बादर मुनिरले  शतकीय पारी खेले।  त्यस्तै, महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा नटआउट रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ४० ओभर खेल्दै ५ विकेट गुमाएर २५८ रन बनाएको थियो । नेपालका लागि  रमेश बहादुर बानियाँ ५९ तथा पदम बहादुर बडैलाले ५० रन जोडे । त्यस्तै भरत चौलागाईले ४९ तथा खिमानन्द गैरेले अविजित ३० रन बनाए ।
 

नेपाल यमनको खेल बराबरी |

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क

पर्वतमा बन्यो अत्याधुनिक कभर्डहल

पर्वत,फलेवास, २८ जेठ । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

काठमाण्माडौ, १४ जेठ । प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान

पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप

काठमाडौँ, ११ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले