उत्तर कोरिया ओलम्पिकमा सहभागी 

सोल, २५ पौष । उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ । दुई कोरियाबीच मङ्गलबार दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो । उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएको हो । 
सो खेलकूदमा उत्तर कोरियाले पठाउने भनिएको उक्त टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाको वार्ता टोलीका एकजना सदस्यले सोलमा जानकारी दिएका छन् । 
उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूबीच सन् २०१५ पछि अर्थात दुई वर्षयता पहिलोपटक वार्ता भएपछि यो घोषणा भएको हो । 
मङ्गलबार भएको उनीहरूको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको बताइएको छ । 
उनीहरूको छलफल दक्षिण कोरियामा हुने भनिएको उक्त शीतकालीन ओलिम्पिकमा उत्तर कोरियाका खेलाडीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे बढी मात्रामा केन्द्रित भएको थियो । 
यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको दुई कोरियाली सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा भएको हो । 
यस बैठकको निष्कर्षका बारेमा केही बताइएको छैन । तर उत्तर कोरियाले भने सो खेलकूदमा सहभागी हुने जानकारी सुरुमै गराएकोले वार्ताको वातावरण राम्रो बनेको बताइएको थियो । रासस÷सिन्ह्वा

 लण्डनमा नेपाली टिमले ४ अभ्यास खेल खेल्ने

काठमाडौं, २ साउन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक सिरिज तथा नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरिज खेल्नु

क्रिकेटर शक्ति गौचनले गरे सन्यास घोषणा

काठमाडौं, २ साउन । नेपाली भेटरान स्पीनर शक्ति गौचनले आज एक कार्यक्रममा नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एमसीसी र नेदरल्याण्ड्स जाने

जार्कातामा हुने एसियाली खेलमा के के छन् नेपाली खेल

 काठमाडौँ, २ साउन । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन्

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ