छाउपडीमै ज्यान गयो  

अछाम, २४ पुस । अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेको छ । 

वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएको छ । 

मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत रहेको बुझिएको छ । बेलुकीपख खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए। मृत्यु हुनु अघिल्लो दिनभर मेलामा खर काटेको र उनी बिरामी नभएको बुढाले जानकारी दिए। 

नेपाल प्रहरीमा जागिरे मृतकका श्रीमान् काठमाडौँबाट फर्केपछि मात्र उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको हो । 

गत वर्षमात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको थियो । रासस

छुटपूर्जी काट्ने व्यवस्था नहुँदा भारतीय गाडीलाई मस्ती

वीरगञ्ज, ११ वैशाख । छुटपूर्जी काट्ने व्यवस्था नहुँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर

शिक्षा अधिकारी विरुद्ध जबर्जस्ती करणी मुद्दा

गुलरिया, बर्दिया, ११ वैशाख । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने

प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा

महेन्द्रनगर, धनुषा, १० वैशाख । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा

भारतीय कार्यालय नजिक बम पड्काउने दुई पक्राउ

विराटनगर, १० वैशाख । विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ