आर्थिक वृद्धिमा नेपाल विश्वको तेस्रो

काठमाडौं, ३० जेठ । नेपाल यो वर्ष विश्वमा तेस्रो तीव्र आर्थिक वृद्धि हासिल गर्ने मुलुकको सूचीमा परेको छ । तीव्र आर्थिक वृद्धि गरिरहेका छिमेकी भारत र चीनलाई पछि पार्दै नेपाल अग्रस्थानमा आएको छ । सन् २०१७ मा नेपालको आर्थिक वृद्धि साढे ७ प्रतिशत हुने विश्व आर्थिक मञ्चले जानकारी दिएको छ । मञ्चले सोमबार एकसाथ सार्वजनिक गरेको विश्वको आर्थिक प्रतिवेदनमा नेपाललाई तीव्र आर्थिक वृद्धि हासिल गर्ने मुलुक भनेको छ । अनुकुल मौसमले कृषि उत्पादनमा सुधार, पुनर्निर्माण गतिविधि बढेको र भारतसँग सहज व्यापार र आपूर्तिमा भएको सुधारले सन् २०१७ मा नेपालको आर्थिक वृद्धि ७।५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । यो वृद्धि भारत र चीनको भन्दा बढी रहेको मञ्चले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा नेपालले ६।९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । यस्तै आगामी आवमा ७।२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको छ ।
सबैभन्दा तीव्र आर्थिक वृद्धि गर्नेमा अफ्रिकाको इथियोपिया भएको छ । यसवर्ष इथियोपियाको आर्थिक वृद्धि ८।३ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । एसियाको उज्वेकिस्तानले ७।६ प्रतिशत हासिल गरी दोस्रो र छिमेकी भारतको ७।२ प्रतिशत आर्थिक वृद्धि भई चौथो स्थानमा रहने अनुमान मञ्चको छ । यस्तै छिमेकी चीन ६।५ प्रतिशतका साथ १६ औं स्थानमा हुने मञ्चको प्रक्षेपण छ ।

चीनमा आर्थिक मन्दी र संक्रमणका कारण १६ औं स्थानमा रहेको छ । निकासी कमजोर भएका कारण आर्थिक वृद्धिमा कमी आउने अनुमान मञ्चको छ । चीनले आर्थिक वृद्धि बढाउन उपभोग र निकासी वृद्धि गर्नुपर्ने मञ्चले सुझाएको छ । यस्तै अफ्रिकी मुलुक तान्जेनिया पाँचौ स्थानमा रहेको छ । यसवर्ष तान्जेनियाको आर्थिक वृद्धि ७।२ प्रतिशत हुने अनुमान गरिएको छ । डिओटी ७, लाओसको ७, कम्बोडियाको ६।९, म्यानमार र फिलिपिन्सको ६।९ प्रतिशत वृद्धि हुने अनुमान मञ्चको छ ।

यो वर्ष विश्वको औसत आर्थिक वृद्धि २।७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यस्तै विकसित मुलुकको आर्थिक वृद्धि १।९ प्रतिशत हुने अनुमान गरिएको छ । यस्तै उदयीमान अर्थतन्त्र ४।१ प्रतिशत हुने देखिएको छ । यो विकशित मुलुकको भन्दा बढी हो । मञ्चले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार अवरोध नीतिले गर्दा विश्वमा व्यापारमा असर गर्नुका साथै लगानी घट्ने चेतावनी दिएको छ । विश्वमा सरकारको ऋण भार कुल ग्राहस्र्थ उत्पादनको ४७ प्रतिशत रहेको मञ्चले उल्लेख गरेको छ । सरकारी ऋणको अवस्था डरलाग्दो रहेको देखाएको छ । आजको नयाँ पत्रिकाबाट ।

घट्यो शेयर बजार

काठमाडौँ, १३ वैशाख । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३५७ बिन्दुमा

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ, ११ वैशाख । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से

अझै १ महिना मुद्दतीको ब्याज ११ प्रतिशत मात्रै

काठमाडौं, ११ वैशाख । नेपाल बैंकर्स एशोशिएशनको सोमबार बसेको बैठकले मुद्दती निक्षेपमा ११ प्रतिशत र बचत खातामा बढिमा ८ प्रतिशत मात्र ब्याज दिने ३

सोलारबाट सिँचाइ

झापा, ११ वैशाख । झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य