बिहारका लालुलाई साढे तीन बर्ष कारावास

झारखण्ड, भारत, पुस २२ । भारतीय बिशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईले शनिबार बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको जेल सजाय तोकेको छ । 

उनलाई भारतीय पाँच लाख रुपैँया जरिवाना समेत तोकिएको छ । 

पूर्व मुख्यमन्त्री लालुलाई देओघार ट्रिजरीबाट सन् १९९१ देखि सन् १९९४ बीचमा ८९ लाख भारतीय रूपैँया बराबरको रकम दुरुपयोग गरेको अभियोगमा जेल सजाय तोकिएको हो । 

सिविआई विशेष न्यायाधीस शिवपाल सिंहले पूर्व मुख्यमन्त्री यादव विरुद्धको सजाय भिडियो सम्मेलनमार्फत घोषणा गरेका हुन्। 

अदालतले लालु यादवले अदालतले तोकेको जरिवाना नबुझाएमा जेल सजायमा छ महिना थप गरी कैद बस्नुपर्ने पनि जनाएको छ । 

लालुबाहेक उक्त आरोपमा थप २० जनामाथि सुनुवाई भएकोमा १४ जनालाई गत डिसेम्बर १४ मा अदालतले दोषि ठहर गरेको थियो । बिहारकै अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र लगायतका सात जनाले भने अदालतबाट सफाई पाएका छन् । 

तर यादवले आफ्नो उमेर तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आफूमाथि निम्नतम सजाय तोक्न अदालतसमक्ष निवेदन दिएका थिए। यादवले अदालतसँग गरेको अपिलमा भनेका छन्, “चारा घोटाला काण्डमा मेरोे प्रत्यक्ष सम्लग्नता थिएन । अतः उमेर र मेरो स्वास्थ्यलाई मध्यनजर गर्दै निम्नतम सजाय तोकियोस ।” 

पूर्व मुख्यमन्त्री यादवसहितलाई सजाय घोषणा हुँदा अदालत बाहिरको सुरक्षास्थितिलाई कडा पारिएको थियो । 
यादवसहितका १४ जनाको मुद्दा जनवरी ३ तारिखका लागि सुनुवाईको मिति तय गरिएकोमा सरेर शनिबारमात्र फैसला सुनाइएको छ । 

अदालतले लालु यादवका छोरा तेजस्वी यादव तथा उनको दलका केही नेता तथा समर्थकमाथि अदालतको मानहानी गरेको ठहर गरेको छ । उनीहरूले मुद्दाको सुनुवाई गरेका न्यायाधीसलाई धम्की दिने प्रयास गरेको बताइएको छ । 

पूर्वमुख्यमन्त्री यादवले यसअघि चाइबासा कोष नामक अर्को यस्तै काण्डमा दोषि ठहर गरिएको थियो । तर त्यसवेला भने जमानतमा छुटेका थिए। भ्रष्टाचार अभियोग लागेपछि उहाँलाई लोक सभा सदस्य बन्न अयोग्य गरिएको थियो । रासस/एएनआई

ट्रम्पका नीतिमाथि चुनौती दिए फ्रान्सका राष्ट्रपतिले

वासिङटन, १३ बैशाख । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले अमेरिकी संसद्का दुवै सदनलाई गरेको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही

रेलको ठक्करले सत्र विद्यार्थी मारिए

नयाँदिल्ली, १३ वैशाख । भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन्

कोरियाको टाउको दुखाइ, न्यून जन्मदर

सोल, १३ वैशाख । दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ । बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको

भारतीय धर्मगुरू बलात्कार काण्डमा दोषी ठहर

जोधपुर, भारत, १२ वैशाख । उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका