२० अर्बको फलफूल नेपाल भित्रिन्छ 

काठमाडौँ, २२ पुस । मुलुकमा वार्षिक करिब २० अर्बको फलफूल आयात हुने गरेको छ । 

नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आज उहाँ आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । 

  कामनपा–१४ का वडाध्यक्ष शोभा सापकोटाले व्यवसायीले वडामा व्यवसाय दर्ता गरी तोकिएको कर समयमा बुझाउनुपर्ने बताउँदै त्यसो भएमा व्यवसायीलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सकिने विचार व्यक्त गरे। 

नेपाल फलफूल थोक व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले उक्त व्यवसायलाई व्यवस्थित बनाउनका लागि सरकारले बजारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिदैं कृषि बजार ऐन चाँडो कार्यान्वयन गर्न आग्रह गरे। 

व्यवसायी प्रकाशचन्द्र न्यौपानेले उच्च गुणस्तरको फलफूल युरोपका विभिन्न बजारबाट समेत आयात गरिँदै आएको जानकारी दिँदै ती मुलुकमा नेपाली हावापानीमा उत्पादन भएका फलफूलको ग्रेडिङ गरी पठाउनका लागि सरकारले लगानी गर्नुपर्ने बताए। 

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले व्यवसायीको हक, हित र अधिकारको संरक्षणका लागि संस्था क्रियाशील रहेको धारणा व्यक्त गरे। 

क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, ९ वैशाख । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको

 राष्ट्र बैंक साढे १३ अर्बको ट्रेजरी बिल बेच्दै

काठमाडौं,९ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले

इरानको आर्थिक विवरण अब यूरोमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । इरानले आधिकारीक आर्थिक विवरणमा अमेरिकी डलरको स्थानमा यूरोको प्रयोग गर्ने घोषणा गरेको छ । पछिल्ला समयमा इरानी

रु एक करोड भन्दा बढी राजश्व संकलन

नवलपरासी , ८ वैशाख । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ