हिमपातले चीनमा दशको मृत्यु

बेईजिङ, २१ पुस । चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ ।

यही जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउ बर्षा र हिमआँधीका कारण थुप्रै घरहरु ध्वस्त भएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् । झण्डै दुई सय जना विस्थापित भएका छन् भने एक सय जना भन्दा बढी मानिसलाई आपतकालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ । आयोगका अनुसार झण्डै दुई सय घर ध्वस्त भएको र अरु चार सय घरमा क्षति पुगेको छ । खराब मौसमले झण्डै १३ हजार १०० हेक्टर क्षेत्रफलको कृषिभूिममा असर पारेकोमध्ये नौ सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ । रासस/सिन्ह्वा

  राहुलले मोदीलाई अंकमाल गरेपछि

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुव

 संसद अवरोध नगर्न ट्वीट मार्फत विपक्षीसँग मोदीको आग्रह

नयाँ दिल्ली, ४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न प्रमुख विपक्षी दलसँग आग्रह गरेका छन् । मोदीले वर्षे

रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो

वासिङटन, ४ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी

भारतमा अपहरण गर्ने नेपालमा पक्राउ

काठमाडौं, ४ साउन । करिब ४ महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा थर नखुलेको नेपाली दम्पत्ती सोनम रसोनुले अपहरण गरि ल्याएको ४ वर्षिय भारतीय बालकको नेपाल