सुदीक्षा बनिन् मिसेज ब्युटी क्वीन 

काठमाडौँ, २० पुस । महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य भट्टराई पहिलो भईन्।

सिजन मिडियाले आज यहाँ आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उनले टिभिएस स्कुटर, रु एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनको लागि मलेसिया भ्रमणको अवसर पाउनेछिन्। 

त्यसैगरी, दोस्रो भएकी जनकपुरकी दिपीका राईले रु एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गरेकी छन् भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, रु २० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरेकी छन्। 

दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए । 

सो अवसरमा आयोजक संस्थाका प्रमुख प्रदीपराज वन्तले महिलाहरुको क्षमता विकासको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। यस कार्यक्रमको छनोट समितिमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, सौन्दर्यकर्मी कल्पना श्रेष्ठ तथा नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठलगायत थिए। रासस

ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

सुर्खेत, ३१ जेठ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

एक गाग्री पानी ल्याउन छ घण्टा पैदल यात्रा

जाजरकोट, २९ जेठ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टा पैदल यात्रा गर्नुपर्छ । घर नजिक

मिस नेवाःको उपाधि आरजुलाई

सुरुङ्गा,झापा, २८ जेठ । मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् । आरजुले उपाधिसँगै नगद ३१ हजार र

सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य बनाईने

काठमाडौं,२८ जेठ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने