राजधानीमा २०० दन्तरोग विशेषज्ञ भेला हुँदै

काठमाडौँ, २० पुस । दन्तरोग उपचारमा प्रयोग हुने नविनतम प्रविधि र त्यसको उपचार विधिबारे छलफल गर्ने उद्देश्यले नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौँ राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा हुने भएको छ । 

यही पुस २८ र २९ गते हुने सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्याण्ड र हङकङका दन्तरोग विशेषज्ञले इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिँजा, तार बाँध्ने उपचारलगायतका विषयमा शोधपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दाबढी दन्तरोग विशेषज्ञको सहभागिता हुने सो सम्मेलनमा स्नातकोत्तरमा अध्ययनरत दन्त चिकित्सकले प्रतियोगितात्मक पोष्टर तथा शोधपत्रसमेत प्रस्तुत गर्नुहुने सम्मेलन प्रचारप्रसार प्रमुख तथा दन्तरोग विशेषज्ञ डा प्रकाश बुढाथोकीले जानकारी दिए। 

सम्मेलनमा व्यापार प्रदर्शनीसमेत हुने बताइएको छ ।रासस 

औलो फेरि फैलिन थालेकोमा विज्ञहरूको चिन्ता

दश वर्षयता पहिलो पटक विश्वमा औलो रोग लाग्नेको सङ्ख्यामा कमी नआएपछि यो प्राणघातक रोगको पुनरागमन भएको हो कि भन्ने चिन्ता उत्पन्न भएको

  ४०० शैयाको मातृशिशु अस्पताल अलपत्र,प्रदेश सरकारको कानमा तेल 

इटहरी, ७ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई वर्षअघि निर्माण थालिएको ४०० श्ययाको मातृशिशु अस्पताल भवनको निर्माण अलपत्र छ

बीर अस्पतालले ल्यायो थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि 

काठमाडौँ, ७ वैशाख। वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद

 जोखिममा जीवन : उपकरणबिना नै सुत्केरीको शल्यक्रिया

दुनै, डोल्पा, ७ वैशाख । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ ।  पन्ध्र श्यया क्षमता रहेको जिल्ला अस्पताल