सडक बोर्डको लगानी उर्लाबारीमा

उर्लाबारी, २० पुस । उर्लाबारी र सडक बोर्ड नेपालले चालू आर्थिक वर्षमा उर्लाबारी नगरपालिकामा ग्राभेल मर्मतसम्भारका लागि ४० लाख रूपैयाँ विनियोजन गरेको छ । नगरपालिका र जनताको लागत हभागितामा नगरपालिकाबाट यसै आर्थिक वर्षमा योजनामा नपरेका ५ वटा सडक मर्मतसम्भारका लागि सडक बोर्डले उक्त बजेट विनियोजन गरेको हो ।

सडक बोर्ड र नगरपालिकाको साझेदारीमा हुने मर्मतसम्भारका लागि नगरपालिका प्रमुख खड्ग फागोसहितको टोलीमार्फत सडक छनौटको प्रक्रिया शुरू भएको छ । बुधबार नगरप्रमुख फागो, वडा नं. ८ अध्यक्ष कूलबहादुर कार्की, ९ अध्यक्ष बमबहादुर फ्याक, इन्जिनियर रोशन उदासलगायतको टोलीले वडा नं. ८ र ९ का विभिन्न सडक निरीक्षण गरेको छ । उर्लाबारी वडा नं. ८ दुर्गापुरी बजारदेखि मेहेरी टोली हुँदै उर्लाबारी वडा नं. ९ को आमवाडी जोड्ने सडक, छड्के टोल सडक, त्रिवेणी चौक–कट्वाना होली सडकको निरीक्षण गरिएको इन्जिनियर रोशन उदासले जानकारी दिनुभयो । उहाँका अनुसार नगरका अन्य वडामा पनि निरीक्षण गरी प्राथमिकतामा आधारमा ५ वटा सडक प्रस्ताव गरिने छ । नगरपालिका र स्थानीय उपभोक्ताको १७ लाख १५ हजार रूपैयाँ लगानीमा ५७ लाख १५ हजार रूपैयाँमा मर्मतसम्भारको काम गरिने उहाँको भनाइ छ ।

गत वर्ष नेपाल भरिका सडकहरूबाट संकलन भएको करलाई सदुपयोग गर्न बोर्डले उर्लाबारीसहित देशभरका १ सय ९२ नगरको सडक पूर्वाधारमा १ अर्ब २८ करोड ७३ लाख ६० हजार रूपैयाँ खर्च गर्न लागेको हो । सडक बोर्डले राजमार्ग, सहायक राजमार्ग, शहरी सडक, ग्रामीण सडक पूर्वाधारको लागि कार्य क्षेत्र बनाउँदै आएका छ ।

भूकम्प पीडितलाई सडक उपहार

नवराज सापकोटा- काभ्रे, १८ जेठ । जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारी क्षेत्रका भूकम्प पीडितलाई लक्षित गरी सडक स्तरोन्नती हुने भएको छ । भुकम्प

उच्च सम्मान भएको महसुस- प्रधानसेनापति

काठमाडौं,१४ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारबाट द्रुत मार्ग निर्माणको जिम्मेवारी पाउनुलाई राष्ट्रनिर्माणमा नेपाली सेनाले पु¥याएको

निर्वाचन अवधिभर मुग्लिन सडक चौबिसै घण्टा खुला

चितवन, २२ वैशाख । मुग्लिन–नारायणगढ सडक आयोजनाले यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने भएको छ

कात्तिकदेखि बत्ती बाल्ने लक्ष्य

फिदिम, २१ वैशाख । पाँचथर र ताप्लेजुङ जिल्लालाई छुट्याएर बग्ने कावेली नदीमा निर्माण भइरहेको कावेली बी ‘वान’ जलविद्युत आयोजना आगामि कार्तिक