विराटनगरमा खाना पकाउने ग्यासको बिक्री बन्द

विराटनगर, १९ पुस  । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । 

बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । 

ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको छ । 

अहिले बिक्रेताले प्रतिसिलिण्डर रु ३५ कमिशन पाउँदै आएका छन् । 

महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले कमिशनको रकम बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा दुई पटक बैठक बसे पनि कुनै निर्णय नभएपछि बाध्य भएर बिक्री वितरण बन्द गर्नुपरेको बताए। 

विराटनगरमा हाल ग्यासकोे मूल्य रु एक हजार ३५५ रहेको छ । रासस

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड