एक गाग्री पानी ल्याउन छ घण्टा पैदल यात्रा

जाजरकोट, २९ जेठ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टा पैदल यात्रा गर्नुपर्छ ।

घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ ।

“गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,” स्थानीय तिलबहादुर सार्कीले भने , “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उनले बताए।
पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उनले बताए । वर्षात्को समयमा आकासे पानी सङ्कलन गरेर खाने गरेको पनि र बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चनुपरेको उनले बताए ।

तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताए। गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् ।

जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउलीलगायत बस्ती भने सधैँ काकाकुल छ । रासस

चेलीबेटी बेचबिखनको अभियोग लागेका तामाङ तारेखमा रिहा

काठमाडौँ, ६ वैशाख । सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा

लोपोन्मुख जातिका राजामामा कुसुण्डाको निधन

दमौली, तनहुँ, ५ वैशाख । लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको बुधबार बिहान निधन भएपछि उनको पार्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती

व्यावसायिक शिक्षामा जोड

काठमाडौँ, ५ वैशाख । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमलाई संघीय संरचनामा उच्च प्राथमिकता दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । केन्द्रीय,

वैकल्पिक ऊर्जाको आभावमा गुइँठाको प्रयोग

नवलपरासी, ४ वैशाख । पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दै आएका छन् । पर्याप्त