बढी घुस्याहा कर्मचारी काठमाडौंमा

कमल न्यौपाने - काठमाडौं,३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रकेर्ड र अध्ययन अनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु रहेको जिल्लाका रुपमा काठमाडौं पहिलो बनेको छ । यो सँगै प्रदेश नं ५ को व्यापारीक केन्द्र बाँके जिल्ला दोस्रो स्थानमा परेको   छ ।

सबैभन्दा धेरै कर्मचारीहरु काठमाडौं उपत्यकाबाट घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई पक्राउ रंगेहात गरेको अख्तियारले जनाएको   छ । राजधानी काठमाडौंमा सबैभन्दा बढी घुस लेनदेन हुने गरेको पाइएको छ ।
धेरै कर्मचारी पक्राउ पर्ने जिल्लाको सूचीमा बाँके दोस्रो स्थानमा छ । बाँकेबाट पाँचजना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । घुस लेनदेनको समस्या भने देशभरि नै रहेको अख्तियारले जनाएको छ ।

नापी घुसखोरी अड्डा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा धेरै कर्मचारीहरुलाई नापी कार्यालयबाट घुससहित रंगेहात पक्राउ गरेको छ । चालु आर्थिक वर्षको जेठ २८ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै नायब सुब्बा तहका कर्मचारी पक्राउ परेका छन् ।

अख्तियारले सोमबार पत्रकार सम्मेलन गरी रंगेहात पक्राउ परेकाहरुको विवरण सार्बजनिक गरेको छ । उक्त विवरणअनुसार अख्तियारले नापी कार्यालयमा सबैभन्दा धेरै १४ जना कर्मचारीहरुलाई रंगेहात कारबाही गरेको छ ।

दोस्रोमा मालपोत कार्यालय छ, जहाँबाट ७ जना कारबाहीमा परेका छन् । यसैगरी स्थानीय तह र यातायात कार्यालयमा समान पाँच९पाँच जना कारबाहीमा परेको अख्तियारले जनाएको छ ।
जेठ घुस लेनदेनको महिना

अख्तियारले सबैभन्दा धेरै घुस्साहालाई जेठ महिनामा पक्राउ गरेको छ । यसबाट पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरु हुने बेला घुसको लेनदेन बढी हुने गरेको देखाएको छ ।

जेठ महिनामा १० जना, चैतमा ९ र बैशाखमा ५ जनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ । साउनमा ७ जना पक्राउ गरको अख्तियारले, भदौ र पुसमा ३/३ जनालाई पक्राउ गरेको छ । यसैगरी असोज र फागुनमा ४÷४ जना तथा मंसिर र माघमा ६/६ जना पक्राउ परेको अख्तियारको तथ्यांकमा उल्लेख छ ।

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं,३१ जेठ । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरूलाई विभाजन गरेको छ अनि लामो समयदेखिको

आर्थिक वृद्धिमा नेपाल विश्वको तेस्रो

काठमाडौं, ३० जेठ । नेपाल यो वर्ष विश्वमा तेस्रो तीव्र आर्थिक वृद्धि हासिल गर्ने मुलुकको सूचीमा परेको छ । तीव्र आर्थिक वृद्धि गरिरहेका छिमेकी भारत र

चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने

काठमाडौं,३० जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ। मुलुकभरका सात सय ४४

तरकारीको शहर भक्तपुरमा तरकारी बजारको अभाव ,अस्तव्यस्त कृषि कार्यालय

सरल संवाददाता - भक्तपुर, २६ जेठ । तरकारी उत्पादनको राजधानीका रुपमा चिनिएको भक्तपुरमा व्यवस्थित तरकारी बजार नहुँदा तरकारी उत्पादक किसानहरूले सास्ती