सगरमाथाको उचाइ मापनको सबै तयारी पूरा

काठमाडौँ, २९ मंसिर । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । 

सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए । 

 “भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गतवर्ष नै प्रस्ताव गरेका थियौँ, सोहीअनुरुप सरकारले बजेट तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेपछि हामीले आवश्यक तयारी गरी मापनको अन्तिम चरणमा पुगेका छौँ,” उनले भने ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ । मापन कार्य शुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नापनक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ । 

यही मंसिर २५ र २६ गते काठमाडौँमा भएको गोष्ठीमा नापी विभागले मापनका लागि तयार पारेको कार्यविधिमा पनि छलफल भएको सहप्रवक्ता पौडेलले जानकारी दिए । 

विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो । 

यसअघि १७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । तत्पश्चात् विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सबै पूर्वतयारी सकिएकाले मापनको कार्य तत्काल शुरु गर्ने नापी विभागले जनाएको छ । 

आगामी दुई वर्षभित्र उचाइ मापन कार्य सक्ने विभागले जनाएको छ । 

 एम्बुलेन्सको ठक्करबाट देउमानको मृत्यु

दमक, ३ साउन । एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित

 बिपी राजमार्गमा बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुई गम्भीर

  सिन्धुली, ३ साउन । बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् ।  सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी

संघिय संरचना अपनाउन लोक सेवा आयोग असफल

काठमाडौँ, ३ साउन । लोक सेवा आयोगले एकात्मक शासन व्यवस्था प्रणालीमा आधारित भएर नै पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । मुलुक संघीय

पहिरोले घर पुर्दा चार घाइते

त्रिशूली, नुवाकोट, ३ साउन । यहाँको सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएका छन् । अविरल वर्षाका कारण आज बिहान ४ बजे