समानुपातिक तर्फ एमाले र कांग्रेसको मतान्तर ८३ हजार मात्र 

काठमाडौँ, २९ मंसिर ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले मात्र नेकपा (एमाले) नेपाली कांग्रेस भन्दा अगाडी देखिएको छ । 

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट विहिबार  बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा (एमाले)ले २९ लाख ४० हजार ४० मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले २८ लाख ५७ हजार मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले ११ लाख ८२ हजार तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १५ हजार मत प्राप्त गरेका छन् । 

राष्ट्रिय जनता पार्टी नेपालले तीन लाख ७७ हजार, विवेकशील साझा पार्टीले एक लाख ९७ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८८ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

बन्द हडताल गर्न नपाइने

काठमाडौँ, ११ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकबाट सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाइने सम्बन्धी सूचना राजपत्रमा

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल

काठमाडौँ, ११ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा

नीतिगत झन्झट पुनःनिर्माणमा बाधक

काठमाडौँ, ११ वैशाख । नीतिगत एवं प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनःनिर्माणले गति लिन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वीकार गरेको

न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारीको खाँचो 

काठमाडौँ, ११ वैशाख । न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ ।  अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ