कपिलवस्तुमा मात्र २७ हजार ६१७ मत बदर

कपिलवस्तु, २७ मंसिर । सरकारले मतदाता शिक्षाका लागि करोडौँ रकम खर्च गरेपनि परिणाम भने न्यून देखिएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा कपिललस्तु जिल्लामा मात्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ । 

मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मतपत्रमा दुई मत चिह्नमा छाप लगाउने जस्ता मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयंसेवीले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयं उम्मेदवारले पनि आफ्ना मतदातालाई मत हाल्ने तरिका सिकाउन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ । प्रतिनिधिसभातर्फबाट १३ हजार ८१४ र प्रदेशसभामा १३ हजार ८०३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लाका कुल मतदाता तीन लाख ११ हजार ७६० मध्ये ७३ दशमलव ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले जानकारी दिए ।

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड