सर्लाहीमा काँग्रेस –राजपा कार्यकर्ताबीच झडप, सुरक्षाकर्मीद्वारा हवाई फायर

सर्लाही, २१ मंसिर । सर्लाहीको करौना गाउँपालिका वडा नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच  झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् ।

दुईपक्षबीच विवादमा भएको झडप पछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो  । 

सर्लाही क्षेत्र नं २ को कौडेना गाउँपालिका—२ जनता मावि मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो। एक अपांग मतदाताको मतदान विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्ष आक्रमणमा उत्रिएका हुन्।

विवादले उग्ररुप लिने देखिएपछि सुरक्षाकर्मीले फायरिङ गरेका प्रहरी उपरीक्षक मसाउद आलम खाँले सरलपत्रिकालाई जानकारी दिए । उनले भने, स्थिति नियन्त्रणमा लिएर मतदान पुनःसञ्चालन गर्न प्रयास भइरहेको छ ।   

जिल्ला कार्यालय खारेजपछि कर्मचारीमा अन्योलमा

  बनेपा, २ साउन । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन

ठाडो खोलाको बाढीले बुर्तिबाङ बजारमा क्षति

बागलुङ, २ साउन गएरातिको अविरल वर्षापछि आएको भल–बाढीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा क्षति पु¥याएको छ । स्थानीय ठाडो खोलाले

१७ वर्षिय युवती हत्याको आशंकामा थप एक पक्राउ

कञ्चनपुर, २ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ

धान खाने खेतमा कृत्रिम ताल

  रामपुर, पाल्पा, २ साउन । रामपुर नगरपालिका–६ पाल्पाका एक व्यवसायीले धान फल्ने खेल मासेर कृत्रिम ताल निर्माण गरेका छन् । कृष्णप्रसाद भण्डारीले