भक्तपुरमा काँग्रेस, एमालेका कार्यकर्ता झडपमा तीन घाइते,बम पनि भेटियो

भक्तपुर, २१ मंसिर ।  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं। २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । 

काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने काँग्रेसले विवाद निकालेको एमालेले आरोप लगाएको छ । 

विवादबीच मतदान केन्द्र नजिकै झडप भएपछि विवाद गर्ने पक्षबीच भागदौड भएको र रोज भिलेज अगाडि दुबै पक्षबीच ढुङ्गा हानाहान भएको प्रतक्ष्यदर्शीले बताएका छन् । काँग्रेसका प्रतिनिधिले एमालेले काँग्रेसको क्षेत्रमा आएर ढुङ्गा हानेर घरको सिसा फुटाएको आरोप लगाएको छ भने एमालेले काँग्रेसका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएको छ । 

ढुङ्गा हानाहानबाट रोज भिलेज आसपासका क्षेत्रमा करिब १५ वटा घरको सिसा फुटेर क्षति पुगेको छ भने त्यहाँका वासिन्दा आतंकित बनेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले विवादित क्षेत्रमा मतदान स्थगित नभएको र मतदान जारी रहेको बताए। 

यता मध्यपुरथिमि नगरपालिका कौसलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको छ । बम भेटिएको खबरपछि आएको नेपाली सेनाको टोलीले बमलाई निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ । रासस

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड