वर्षा नहुँदा गहुँ छर्न समस्या

बैतडी, २१ मंसिर । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सूर्नया–८ का रमेश बोहरा खेत बाँझै रहने चिन्ता भएकोे बताउँछन् । उहाँले भन्छन्, “समयमै पानी नपर्दा मारमा परेका छौँ ।” 

सिँचाइको अभावमा समयमा मकै छर्न नपाएको सुर्नया–६ का किसान गौरीदत्त अवस्थीले बताए । मंसिर दोस्रो सातासम्म गहुँ छर्ने उपयुक्त समय हो । सिँचाइको अभावमा अधिकंश खेत बाँझै रहेको सुर्नया–२ का किसान मोहनबहादुर विष्टले जानकारी दिए । 

गहुँ छरेका ठाउँमा समेत सिँचाइको अभावमा उम्रेको गहुँ खेतमै सुक्न थालेको किसानले बताएका छन् । गहुँ समयमै छर्न नपाउँदा उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताए । रासस
 

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं,३१ जेठ । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरूलाई विभाजन गरेको छ अनि लामो समयदेखिको

बढी घुस्याहा कर्मचारी काठमाडौंमा

कमल न्यौपाने - काठमाडौं,३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रकेर्ड र अध्ययन अनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु रहेको जिल्लाका रुपमा

आर्थिक वृद्धिमा नेपाल विश्वको तेस्रो

काठमाडौं, ३० जेठ । नेपाल यो वर्ष विश्वमा तेस्रो तीव्र आर्थिक वृद्धि हासिल गर्ने मुलुकको सूचीमा परेको छ । तीव्र आर्थिक वृद्धि गरिरहेका छिमेकी भारत र

चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने

काठमाडौं,३० जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ। मुलुकभरका सात सय ४४