एमाले उम्मेदवारद्वारा पत्रकार पासवानलाई ठीक गर्ने धम्की

राजविराज, २१ मंसिर । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । 

वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा क का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको पीडित पत्रकार पासवानले राससलाई बताए। 

सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ । 

एमालेका स्थायी समिति सदस्य एवं २ नम्बर प्रदेश संयोजकसमेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनावलगत्तै ठीक पारिदिने भन्दै धम्की दिए’, पासवानले भने, “आफूले मण्डलसहित जिल्लाका सबै उम्मेदवारको विश्लेषण गरी समाचार लेखेकै कारण उनले धम्की दिएका छन्।” 

मण्डलले कञ्चनरुप साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर आफ्नै पार्टीका बागी उम्मेदवार प्रकाश खतिवडाको प्रभावमा परेर समाचार लेखेको आरोप लगाउँदै धम्की दिएको पासवानको भनाइ छ । 

यद्यपि आफू कसैको प्रभावमा नपरी स्वच्छ तरिकाले समाचार लेखेको उनले भने। 

यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष जीतेन्द्र खड्गाले पत्रकार पासवानलाई समाचार लेखेको विषयमा धम्काउने र मानसिकरुपमा त्रास फैलाउने उम्मेदवार मण्डलको गलत कार्य भएको बताएका छन् । 

पत्रकार पासवानले धम्कीको विषयमा महासंघ सभापति खड्गालाई जानकारी गराएको बताउँदै सभापति खड्गाले कानूनी प्रावधान हुँदाहुँदै पनि उम्मेदवार मण्डलले धम्काउने विषय अत्यन्त निन्दनीय भएको बताए। 

यस सम्बन्धमा उम्मेदवार मण्डलसँग राससले सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन । रासस

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड