१ करोड २१ लाख मतदाताले प्रतिनिधि चुन्दै

काठमाडौं,२१ मंसिर । आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणमा गत १० गते हिमाली क्षेत्रका ३२ जिल्लामा  निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरण अन्तर्गत विभिन्न ४५ जिल्लामा आज मतदान हुँदैछ ।

यो निर्वाचनसँगै आफ्नै जनप्रतिनिधिबाट संविधान लेख्ने तथा जनप्रतिनिधिबाटै शासन व्यवस्था सञ्चालन गर्ने नेपाली जनताको सात दशक देखिको चाहनाले मुर्त रुप पाउँदै छ । जनप्रतिनिधिले लेखेको संविधानलाई कायान्वयनका लागि हुन लागेको यो निर्वाचनसँगै मुलुकले एउटा नयाँ दिशा तय गर्दैछ । निर्वाचन सम्पन्न भएसँगै नयाँ संविधान कार्यान्वयन हुनेछ भने लामो समयदेखि मुलुकले भोग्लै आएको अस्थिरता अन्त्यसँगै नयाँ अध्यायको सुरुवात हुँनेछ । 
निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको निवार्चन अन्तर्गत दोस्रो चरणमा  तराईका जिल्ला समेटिएको प्रदेश २, प्रदेश १ का ७ जिल्ला, प्रदेश ३, ४, ५, ६ र ७ का गरी ४५ जिल्लामा हुने मतदानमा करिब १ करोड २१ लाखभन्दा बढी मतदाता सहभागी    हुँदैछन् ।

यसअघि मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा  प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि मतदान भएको थियो । दोस्रो चरणमा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रबाट चुनिने प्रतिनिधिका लागि मतदान भएको हुँदैछ ।

पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा निर्वाचन भइसकेको छ । प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तथा प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा पनि पहिलो चरणमा निर्वाचन सम्पन्न भएको थियो । यसैगरी प्रदेश ५ का रुकम ९पूर्वी भाग० र रोल्पा तथा प्रदेश ६ का रुकुम पश्चिम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको थियो ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन् । यसैगरी प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् ।

यस्तै प्रदेश ४ का नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश ५ का नवलपरासी  ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया छन् । यस्तै प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाता छन् । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी काठमाडौंमा १०, मोरङमा ६, झापा, रुपन्देही र कैलालीमा ५–५ वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेश २ का ८ वटै जिल्लामा ४–४ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश १ को सुनसरीमा पनि ४ निर्वाचन क्षेत्र छन् । ललितपुर, चितवन, कपिलवस्तु, कास्की, दाङ, बाँके र कञ्चनपुरमामा ३–३ वटा निर्वाचन क्षेत्र छन् । उदयपुर, इलाम, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, तनहुँ, स्याङजा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाममा २–२ वटा निर्वाचन क्षेत्र छन् ।

दोस्रो चरणमा निर्वाचन हुने अरु जिल्लामा १–१ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन् । एक निर्वाचन क्षेत्रमा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको छ ।

प्रत्यक्षतर्फको परिणाम ४ दिनभित्र आउने दाबी

यसैबीच, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम ४ दिनभित्र आइसक्ने विश्वास लिएको जनाएको छ । यसैगरी समानुपातिकतर्फको परिणाम गणना सुरु भएको ८ दिनभित्र आउने आयोगको भनाइ छ । मतगणना पहिलो चरणमा मतदान सम्पन्न भएका ३२ जिल्लाबाट सुरु हुनेछ । दोस्रो चरणमा हुने मतदान सकिएपछि ती जिल्लामा गणना सुरु हुने भएको हो । यसको सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाको मतगणना सकिएर मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाम पु¥याएपछि सुरु हुने छ । मतगणनास्थलमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूबाहेक अरूलाई मोबाइल फोन, क्यामरा, अडियो वा भिडियो उपकरण लैजान निषेध गरिएको आयोगले जनाएको छ । सञ्चारकर्मीलाई भने मतगणना कार्यको व्यवस्थापन र सुरक्षा व्यवस्थामा बाधा नपर्ने गरी तोकिएको दूरीबाट गणनास्थल कार्यको दृश्य खिच्ने व्यवस्था मिलाइने आयोगको भनाइ छ ।

चर्चित नेता को कहाँबाट ?

वाम गठबन्धनका नेता एवं एमाले अध्यक्ष केपी ओली झापा ५ बाट चुनावी मैदानमा छन् । एमालेसँग तालमेल गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धा गर्दैछन् । यसैगरी पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट, पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट प्रतिस्पर्धा गर्दैछन् ।

तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ इलाम २ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेसकै महामन्त्री शशांक कोइराला नवलपरासी १, तथा एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट प्रतिस्पर्धा गर्दैछन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट, युवा नेता गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट, प्रकाशमान सिंह काठमाडौ १ बाट चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीपत्नी आरजु राणा कैलाली ५ बाट चुनाव लड्दै छिन् । कांग्रेस नेता विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार छन् ।

यसैगरी कांग्रेस नेता शेखर कोइराला मोरङ ६, महेश आचार्य मोरङ ४, मिनेन्द्र रिजाल मोरङ २, बिजयकुमार गच्छदार सुनसरी ३ बाट उम्मेदवार बनेका छन् ।
 

१६५ वर्ष पुरानो कानून नयाँ रुपमा भदौ १ बाट लागू हुँदै   

काठमाडौं । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी

 दुर्घटनामा सोह्र घाइते

तनहुँ, ३० साउन  । बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै

सन्दिप लामिछानेको प्रदर्शनमा भारतीय पनि खुसी छन्ः राजदुत पुरी 

भारतीय राजदुत मञ्जिव पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा विभिन्न आयामहरु रहेको भन्दै क्रिकेटले पनि दुई देशको सम्बन्ध मजबुद बनाएको बताएका छन्

तीन वर्षमा चार हजार किलो सुन तस्करी 

काठमाडौ, साउन ३० । नेपालमा पछिल्लो तीन वर्षमा झण्डै चार हजार किलो सुन तस्करी भएको गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । गृहमन्त्री थापाले