नेपाल यूएईसँग ७ विकेटले पराजित

काठमाडौं, २० मंसीर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाललाई युनाइटेड अरब इमिरेट्स युएईले ७ विकेटले पराजित गरेको छ । 

२२२ रनको लक्ष्य दिएको नेपाललाई युएईले निर्धारित ओभर सकिन २५ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा जितेको थियो ।  युएईका लागि घुलाम सबिरले नटआउट  ८१ रन बनाएका थिए भने उनले ८ चौका प्रहार गरेका थिए ।

युएईका लागि कप्तान रोहन मुस्ताफाले ६२ रन बनाए । उनले ७१ बलको सामना गर्दै ७ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, युएईका लागि रमिज शाहजादले ३७ रन बनाए । नेपालका लागि सन्दिप लामिछाने र शरद भेषवाकरले समान १–१ विकेट लिएका थिए । 

यस्तै नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे भने बसन्त रेग्मीले नटआउट १४ रन जोडे। ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका थिए  ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान दिलीप नाथले १६ रन जोडे।

कप्तान पारस खड्का र सोमपाल कामीले २०–२० रनको योगदान गरे। पारसले आउट हुनुअघि ३६ बलमा ४ चौका प्रहार गरेका थिए। सोमपालले १९ बलको सामना गर्दा ३ चौका प्रहार गरे। आरिफ शेख शून्य रनमा रनआउट हुँदा विनोद भन्डारीले ४ रन भन्दा बढी जोड्न सकेनन्। यता बलिङतर्फ युएईका जाहुर खानले २ विकेट लिएका थिए ।

नेपाल र युएईबीच अर्को खेल शुक्रबार हुनेछ । 

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित