निर्वाचन विथोल्नेलाई सेनाले सुट गर्ने 

काठमाडौं, २० मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको स्पष्ट पारेका छन् । उनले भने,‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिईएको छ।’

निर्वाचनको पूर्वसन्ध्यामा बुधबार आयोजित एक कार्यक्रममा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे । मन्त्री प्रधानले थपे,‘भोलि हुने निर्वाचनमा अत्यधिकभन्दा अत्यधिक मात्रामा सहभागिता होस्।’

 उनले भने,‘नेपाली सेना हाई अलर्टमा छ, हामीले निर्वाचन सुरक्षा बलियो बनाएका छौं, कहीँकतै घट्ना भए त्यसलाई हल गर्नको लागि सरकारले आवश्यक निर्देशन दिएको छ, गोली चलाउने आदेश दिएका छौं।’ भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए । त्यस्तै पहिलो र दोस्रो चरणको निर्वाचन गरेर ६४ हजार २० सेना परिचालन हुने पनि उनले जनाए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले लोकतन्त्रको रक्षाका लागि निर्वाचन भएकाले निर्वाचन प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाई गर्न सरकारसँग आग्रह पनि गरे ।

निर्वाचन सफल रुपमा सम्पन्न भएर नयाँ लोकतान्त्रिक सरकार बनोस् भन्ने उनको कामना थियो । उनले थपे,‘नयाँ सरकारले धेरै काम गर्नुपर्छ, संविधानले देखाएको बाटोमा हिँड्नुपर्छ, त्यसैले अब बन्ने सरकार लोकतान्त्रिक होस, यदि निरंकुशतावादी सरकार बन्यो भने हामी सडकमा आउँछौं, नेपाल बार जहिलेपनि वाचडगको रुपमा रहेको छ।’

 डा. सुन्दरमणि दीक्षितले पार्टीका नेता भन्दापनि विकासप्रेमी नेतालाई मतदान गर्नुपर्ने बताए । “पार्टीका नेता भन्दापनि असल र विकास गर्ने नेतालाई मतदान गर्नुहोस्,”– डा. दीक्षितले भने । भोलि हुने निर्वाचन मुलुकलाई अघि बढाउनको लागि महत्वपूर्ण कसी हुने समेत उनको भनाई थियो ।

नेपाल सरकारका पूर्वसचिव दिवाकर पन्तले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण निर्वाचन भएकाले उत्साहपूर्ण रुपमा आफ्नो मताधिकार प्रदान गर्न सबैसँग अनुरोध गरेका छन् । उनले लोकतन्त्रको लागि पनि चुनाव आवश्यक भएकोले भोलि हुने मतदानमा जनता उत्साहपूर्वक रुपमा सहभागी हुने विश्वास व्यक्त गरे । 

पाँच वर्षसम्म सरकार निरन्तर: प्रचण्ड

काठमाडौँ, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म

राष्ट्रवादी शक्ति निर्माणको लागि कमल थापाले अध्यक्ष पद छोड्ने

  काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको लागि तीन वटै राप्रपाबीच

सरकार सर्वसत्तावादी हुँदै गयो: कमल थापा

काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न

यी हुन् नेकपा झापाका १२ केन्द्रीय सदस्य

बनियानी, झापा, १० जेठ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका छन्