१ करोड २२ लाख मतदाता सहभागी हुँदै

काठमाडौं,२० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्नका लागि दोस्रो चरण निर्वाचन अन्तर्गत बिहीबार मतदान हुँदैछ । दोस्रो चरणमा तराईका जिल्ला समेटिएको प्रदेश २, प्रदेश १ का ७ जिल्ला, प्रदेश ३, ४, ५, ६ र ७ का गरी ४५ जिल्लामा हुने मतदानमा करिब १ करोड २१ लाखभन्दा बढी मतदाता सहभागी हुँदैछन् ।

यसअघि मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा मतदान सम्पन्न भइसकेको छ । ती जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि मतदान भएको थियो । दोस्रो चरणमा विभिन्न प्रदेशका गरी ४५ जिल्लामा मतदान हुँदैछ । ती जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रबाट चुनिने प्रतिनिधिका लागि मतदान भएको   थियो ।

पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा निर्वाचन भइसकेको छ । प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तथा प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा पनि पहिलो चरणमा निर्वाचन सम्पन्न भएको थियो । यसैगरी प्रदेश ५ का रुकम (पूर्वी भाग) र रोल्पा तथा प्रदेश ६ का रुकुम पश्चिम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको थियो ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन् । यसैगरी प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् ।

यस्तै प्रदेश ४ का नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश ५ का नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया छन् । यस्तै प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाता छन् । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी काठमाडौंमा १०, मोरङमा ६, झापा, रुपन्देही र कैलालीमा ५–५ वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेश २ का ८ वटै जिल्लामा ४–४ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश १ को सुनसरीमा पनि ४ निर्वाचन क्षेत्र छन् । ललितपुर, चितवन, कपिलवस्तु, कास्की, दाङ, बाँके र कञ्चनपुरमामा ३–३ वटा निर्वाचन क्षेत्र छन् । उदयपुर, इलाम, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, तनहुँ, स्याङजा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाममा २–२ वटा निर्वाचन क्षेत्र छन् ।

दोस्रो चरणमा निर्वाचन हुने अरु जिल्लामा १–१ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन् । एक निर्वाचन क्षेत्रमा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको छ ।

प्रत्यक्षतर्फको परिणाम ४ दिनभित्र आउने दाबी

यसैबीच, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम ४ दिनभित्र आइसक्ने विश्वास लिएको जनाएको छ । यसैगरी समानुपातिकतर्फको परिणाम गणना सुरु भएको ८ दिनभित्र आउने आयोगको भनाइ छ । मतगणना पहिलो चरणमा मतदान सम्पन्न भएका ३२ जिल्लाबाट सुरु हुनेछ । दोस्रो चरणमा हुने मतदान सकिएपछि ती जिल्लामा गणना सुरु हुने भएको हो । यसको सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाको मतगणना सकिएर मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाम पु¥याएपछि सुरु हुने छ । मतगणनास्थलमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूबाहेक अरूलाई मोबाइल फोन, क्यामरा, अडियो वा भिडियो उपकरण लैजान निषेध गरिएको आयोगले जनाएको छ । सञ्चारकर्मीलाई भने मतगणना कार्यको व्यवस्थापन र सुरक्षा व्यवस्थामा बाधा नपर्ने गरी तोकिएको दूरीबाट गणनास्थल कार्यको दृश्य खिच्ने व्यवस्था मिलाइने आयोगको भनाइ छ ।

चर्चित नेता को कहाँबाट ?

वाम गठबन्धनका नेता एवं एमाले अध्यक्ष केपी ओली झापा ५ बाट चुनावी मैदानमा छन् । एमालेसँग तालमेल गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धा गर्दैछन् । यसैगरी पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट, पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट प्रतिस्पर्धा गर्दैछन् ।

तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ इलाम २ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेसकै महामन्त्री शशांक कोइराला नवलपरासी १, तथा एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट प्रतिस्पर्धा गर्दैछन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट, युवा नेता गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट, प्रकाशमान सिंह काठमाडौ १ बाट चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीपत्नी आरजु राणा कैलाली ५ बाट चुनाव लड्दै छिन् । कांग्रेस नेता विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार छन् ।

यसैगरी कांग्रेस नेता शेखर कोइराला मोरङ ६, महेश आचार्य मोरङ ४, मिनेन्द्र रिजाल मोरङ २, बिजयकुमार गच्छदार सुनसरी ३ बाट उम्मेदवार बनेका छन् ।
 

राजपाको लिखित प्रतिवध्दता माग्न आज छलफल

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने लिखित प्रतिवध्दता जनाएमा असार १४  को निर्वाचन मिति सार्नेमा सत्तारुढ दल सहमत भएका

प्रधानमन्त्री देउवाका दौंतरी कांग्रेसका बागी

काठमाडौं,३० जेठ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी

किन बुझाएन राजपाले हस्ताक्षर

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले उम्मेद्वारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि

क-कसले पाए एमालेमा टिकट ?

काठमाडौं, ३० जेठ । एमालेले प्रदेश ५ र ७ का सबै जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । साताअघि नै प्रदेश ७ को टुंगो लगाएको एमालेले प्रदेश ५ को