नेपालद्वारा युएईसामु २२२ रनको लक्ष्य 

काठमाडौं, २० मंसीर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स युएईलाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालले पूरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २२१  रन बनाउन सक्यो ।

नेपालको लागि शरद भेषवाकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए ।  शरदले अविजित रहँदै ८१ रन बनाए । त्यस्तै बसन्त रेग्मी १४ रनमा अविजित रहे । 

यता नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ६ चौकासहित ५४ रन बनाए । नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले  २०–२० रन बनाउँदा ओपनर दिलिप नाथ १६ रन बनाएर पेभेलियन फर्किए थियो ।

नेपालका विनोद भण्डारी ४ तथा आरिफ शेख शून्य रनमा आउट भए । युएईका जाहुर खानले २ तथा अहमेद राजा, मोहमद नाभिद र रोहन मुस्ताफाले समान एक एक विकेट लिए ।

च्याम्पियनसिपबाट डिभिजन टु मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्। तालिकाको तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा र पाँचौमा केन्या रहेका छन् ।

अहिले नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ । युएईसँग दुबै खेल जितेमा नेपाल पाँचौं स्थानमा उक्लन सक्छ । अर्को खेल शुक्रबार हुनेछ ।


 

नेपाल यमनको खेल बराबरी |

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क

पर्वतमा बन्यो अत्याधुनिक कभर्डहल

पर्वत,फलेवास, २८ जेठ । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

काठमाण्माडौ, १४ जेठ । प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान

पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप

काठमाडौँ, ११ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले