पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक प्रधानन्यायाधीश रहेका पराजुलीको नाम नम्बर एकमा राख्दै न्यायापरिषद् सचिवालय वैठकले रिक्त रहेको पदमा ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ। बरिष्ठताका आधारमा पराजुली प्रधानन्यायाधीश बन्ने निश्चित भएको छ ।

परिषद्को मंगलबार बसेको वैठकले सर्वोच्च अदालतमा कार्यरत बरिष्ठताको आधारमा रहेका न्यायाधीशहरुको नाम सिफारिस गरेको हो।

परिषद्ले कामु प्रधानन्यायधीश पराजुलीको नाम पहिलो नम्बरमा राख्दै न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्सेर जबरा, जगदीश शर्मा पौडेललाई सिफारिस गरेको छ।

निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीले पराजुलीको जन्म मिति विवादलाई निहुँ बनाएर उनलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न खोजेकोमा परिषदको मंगलबारको निर्णयले त्यो कुरा असत्य सावित भएको एक बरिष्ठ अधिवक्ताले बताए । परिषद्ले पराजुलीको जन्म मिति २०१० वैशाख १६ कायम राखेर संवैधानिक परिषदमा जानकारी पठाएको परिषद प्रवक्ता निर्मला पौडेलले जनाएकी छिन्। संवैधानिक परिषदले पराजुलीको नाम सिफारिस गरेपछि अबको ११ महिना अर्थात २०७५ वैशाखसम्म उनी प्रधानन्यायाधीश हुने बाटो खुलेको छ।

एकसाता अघि सेवा निवृत्त कार्कीले न्याय परिषदको वैठक बोलाउँदा सदस्यहरु उपस्थित नभएकाले एक्लैले जन्ममिति उल्लेख गरी न्यायाधीशहरुको नाम सिफारिस गरेकी थिइन् । कार्कीले परिषदले पठाएकै ६ जना न्यायाधीशहरुको नाम सिफारिस गरेकी थिइन । सो सिफारिस परिषदको वैठकले नियम विपरित भएको ठहर गर्दै पुनः संवैधानिक परिषदमा पठाउने निर्णय गरेको जनाएको छ।

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड

जङ्गली च्याउ खाँदा परिवारका दुइको ज्यान गयो

रामपुर,पाल्पा, ३०जेठ । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । लुम्बिनी मेडिकल कलेज,