बदलिँदै मानव बेचबिखनको स्वरुप, छालाको समेत व्यापार

रत्ननगर, चितवन २० मंसिर ।  मानव बेचबिखनको रुप बदलिन थालेको भन्दै चितवनका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चितवनको भरतपुरमा माइती नेपालले आयोजना गरेको अन्तरक्रियामा न्यायाधीश, कानून व्यवसायी तथा अधिकारकर्मीले यस्तो बताएका हुन् । 

चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले मानव बेचबिखनको रुप बदलिएर मानव तस्करमा पुगेको भन्दै यसको नियन्त्रणका लागि सरोकालवाला निकायको सामूहिक प्रयासको खाँचो रहेको औँल्याए । 

मानव बेचबिखनविरुद्ध न्यायिक निकाय, प्रभावित सरोकारवाला तथा मानवअधिकार रक्षकबीच मंगलबार भएको अन्तरक्रियाका क्रममा न्यायाधीश शर्माले अहिले भारतमा मात्रै नभएर वैदेशिक रोजगारीको नाममा विश्वका अन्य मुलुकमा बेचबिखन तथा यौनशोषण हुने गरेको उल्लेख गरे । 

माइती नेपालकी कानुन अधिकृत तथा अधिवक्ता सजनी जोशीले रुप बदलिएर वैदेशिक रोजगार र शिक्षा, झूटो विवाह, मसाज पार्लर, विभिन्न अंग बेचबिखन तथा छालाको व्यापारका लागि मानव तस्कर हुने गरेको पाइएको बताइन । “पछिल्लो समयमा खत मेट्न, स्वरुप बदल्न मानिसको छाला झिक्ने क्रम देखिएको छ”, जोशीले भनिन,  “यस्ता घटनासमेत देखिन थाल्नु चुनौतीको विषय हो ।” 

विश्वमा हरेक वर्ष २० लाख मानिस बेचबिखनमा पर्ने गरेका छन्, त्यसमध्ये ७० प्रतिशत महिला र पाँच प्रतिशत बालबालिका छन् । सरोकारवालाले बेचबिखनमा फितलो कानून, सुनुवाइमा समस्या, न्यायको पहुँचमा कमी, उद्धार पुनःस्थापनामा समस्या जस्ता कुराहरु
 औल्याएका थिए । 

कार्यक्रममा हालै माइती नेपालको प्रयासमा उद्धार गरिएकी एकजना पीडित महिलाले आफूलाई राम्रो जागिर भनेर ओमन लगे पनि २४ घण्टासम्म काममा खटाएर शारिरीक शोषण गरेको अनुभव सुनाएकी थिइन । त्यस्तो समस्यामा सयौँ नेपाली महिला परिरहेको उनको भनाइ थियो । 

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड