जनशक्ति अभावले सर्बेन्द्र आफैं सडकमा 

काठमाडौँ, १९ मंसिर ।  पर्याप्त जनशक्ति अभावका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

यही मंसिर २१ गतेको निर्वाचनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत कार्यरत अधिकृतदेखि जवानसम्म खटिएपछि व्यवस्थापनमा समस्या देखिएको हो । प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि ट्राफिक प्रहरीहरुलाई महाशाखा काठमाडौँ, भक्तपुर, ललितपुर, महोत्तरी, धनुषा, रुपन्देही, नवलपरासी र काभ्रेपलाञ्चोक खटाएपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या परेको हो ।

महाशाखामा रहेका एक हजार ३२२ जनशक्तिमध्ये ९५० जनशक्ति निर्वाचनमा खटिएका छन् । काठमाडौँ उपत्यकामा हाल १० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल जनशक्तिको अभावका बीच पनि काठमाडौँको ट्राफिक व्यवस्थापनमा कमी हुन नदिइएको बताउँछन्। “म आफैँ अफिस जाने आउने व्यस्त समयमा सडकमा खटिरहेको छु,”, उनले भने । 
 

कहिल्यै गयल हुँदैनन् यी विद्यार्थी

अछाम , ३१ जेठ । अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै

अब शिक्षकलाई अनलाईनबाट तालिम

सरल संवाददाता - भक्तपुर, ३० जेठ । शैक्षिक गुणस्तर बृद्धिका साथै शिक्षामा प्रविधिको विकासका लागि सरकारले शिक्षा शास्त्र नपढिकनै शिक्षक बनेका

आर्थिक अभावमा महाबौद्ध अनाथ विद्यापीठ बन्द हुने अवस्थामा

नवलपरासी, २९ जेठ । नवलपरासीमा रहेको एकमात्र अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ यतिबेला आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । काठमाडौँ

एसईई परीक्षाको नतिजा असार पहिलो साता

  भक्तपुर, २९ जेठ । विद्यार्थीहरुका लागि फलामे ढोकाको रुपमा रहेको विगतको एसएलसी परीक्षा अहिलेको एसईईको नतिजा असारको पहिलो साता सार्वजनिक गर्ने