सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित

पाल्पा, १९ मंसिर । यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् ।

फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् ।

सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका किसान चित्रबहादुर कुँवरले गत वर्ष करिब रु दुई लाखको सुन्तला बिक्री गरेकामा अहिले रु एक लाख बराबरको बिक्री गरे । 

सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएको पालुङमैनादी, मुझुङ, छहरा, सोमादी, कुसुमखोलालगायतका क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा निकै कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राविधिक जाँच तथा परीक्षणमा सहयोग नगरेका कारण किसान मारमा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले किसानले बोटमा आवश्यक स्याहार, सुसार र मलजलमा कमी गर्दा उत्पादन घटेको बताए । उनले सुन्तला टिपेपछि टिपेको घाउबाट ब्याक्टेरिया, कीटाणुले आक्रमण गर्ने भएकाले कम्तीमा तीन पटक नीलोथुथो, चुना छर्कनुपर्ने बताए । 

सुन्तला बिक्रीबाट साढे दुई लाख आम्दानी 

निस्दी गाउँपालिका–५ गल्धा बहपुरका अगुवा किसान तेजन सिंजालीले यस वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख ५० हजार आम्दानी गरेका छन्।

उनले दुई मुरी अन्नबाली समेत उत्पादन नहुने जग्गामा विगत आठ वर्षदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका हुन । यस वर्ष करिब ४० क्विन्टल सुन्तला बिक्री गरेको उनले बताए ।

झण्डै १५ रोपनी जग्गामा तीन सय बोट सुन्तला लगाएका सिंजालीले अहिले दुई सय उत्पादनशील बोटबाट आम्दानी लिन शुरु गरेका हुन । उनस् भनछन्, “सुन्तला खेती गर्न थालेपछि मनग्य आम्दानी भएको छ,” उनले भने, “पाखापखेरामा सुन्तला लगाएर रु दुई लाखदेखि रु तीन लाखसम्म सजिलै आम्दानी गर्दै आएको छु ।”

प्रतिकिलो रु ५० मा सुन्तला बिक्री गरेको सिंजालीले बताए । “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन,” उनले भने । यहाँ उत्पादन भएको सुन्तला रामपुरको बजारमा खपत हुन्छ ।

बहपुरकै अर्का किसान मानबहादुर ढेँगाले पनि सुन्तला बिक्रीबाट मनग्य कमाई गर्दै आएका छन् । उनले करिब २० रोपनी जग्गामा चारसय बोट सुन्तला लगाएका छन् । ढेँगाले अहिले उत्पादनशील १५० बोटबाट रु दुई लाख बराबरको आम्दानी लिइररहेको बताए ।

यस्तै, मुक्तबहादुर रानाले यस वर्ष सुन्तला बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी लिइसकेका छन् । उनले करिब २०० बोट सुन्तला लगाएका थिए । यहाँका १६ घरपरिवारको आयआर्जनको माध्यम नै सुन्तला खेती बनेको छ । एउटा परिवारले ५० बोटदेखि ५०० बोटको हाराहारीमा सुन्तला खेती गरेका छन् । 

अन्य खेतीको तुलनामा सुन्तला खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि बहपुर क्षेत्रका कृषकले सुन्तला खेती गर्न थालेका हुन् । यस क्षेत्रलाई जिल्लाकै नमूना सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ । रासस

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं,३१ जेठ । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरूलाई विभाजन गरेको छ अनि लामो समयदेखिको

बढी घुस्याहा कर्मचारी काठमाडौंमा

कमल न्यौपाने - काठमाडौं,३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रकेर्ड र अध्ययन अनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु रहेको जिल्लाका रुपमा

आर्थिक वृद्धिमा नेपाल विश्वको तेस्रो

काठमाडौं, ३० जेठ । नेपाल यो वर्ष विश्वमा तेस्रो तीव्र आर्थिक वृद्धि हासिल गर्ने मुलुकको सूचीमा परेको छ । तीव्र आर्थिक वृद्धि गरिरहेका छिमेकी भारत र

चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने

काठमाडौं,३० जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ। मुलुकभरका सात सय ४४