यमनी पूर्व राष्ट्रपती सालेह मारिएको दावी

साना, यमन, १९ मङ्सिर रासस÷सिन्हवा । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुठी समूहका उच्च अधिकारीले सोमबार पुष्टि गरेका छन् । 

सालेह, उहाँका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका, यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पनि जनाएको छ । 

मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरिर कैद भएको दृष्य देखिएको बताएको छ । 

“मिलिसियाका कारण सिर्जना भएको सङ्कट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्, ” अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ । 

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए ।  सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन बर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए । 

यमनी सामाजिक सञ्जालमा सालेहको मृत शरिरको भिडियोसहितका सामग्री छ्यापछ्याप्ती आउन थालेपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सालेहको मृत्युको समाचार सार्वजनिक गरेको थियो । 

यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ बर्षीय सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए ।

 जन्ती बस दुर्घटना हुँदा १७ को मृत्यु

  इस्लामाबाद, ३२ असार ।  पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।  एक ट्रकले

 गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका   छन् ।  स्वास्थ्य

 पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

इस्लामावाद, ३० असार  । पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ

के खान्थे पाँच हजार वर्षअघि हिममानव ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले