राहुल गान्धी भारतीय काँग्रेसको अध्यक्ष बन्ने संभावना

 

नयाँ दिल्ली,१८ मङसिर । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन्। 

राहुलकी आमा सोनिया गान्धी भारतीय काँग्रेसकी वर्तमान अध्यक्ष छिन् । उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ । 

त्यसैले आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको छ । 

राहुल गान्धी हाल पार्टीको उपाध्यक्ष छन् भने उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा छन्। यस पदमा केही वर्षयता कसैले पनि उम्मेदवारी दिएको थिएन । 

पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने अन्तिम समयावधि सोमबारै साँझसम्म यदि कसैले उम्मेदवारी दिएनन् भने राहुल गान्धी नै पार्टीको अध्यक्ष बताइएको छ । 

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनु भएकी सोनिया गान्धीले आफ्नो छोरालाई सो पदको बागडोर दिन लागेको बताइन्छ । 

अहिलेको अवस्थामा भारतीय काँग्रेसका लागि यो एक राम्रो कुरा भएको र राहुल गान्धीले अगामी दिनमा अन्यन्त राम्रोसँग कार्यसम्पादन गर्ने उत्तरी भारतीय राज्य पञ्जावका मुख्यमन्त्री अमारीन्दर सिंहले बताएका छन्।  सिन्ह्वा 

 जन्ती बस दुर्घटना हुँदा १७ को मृत्यु

  इस्लामाबाद, ३२ असार ।  पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।  एक ट्रकले

 गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका   छन् ।  स्वास्थ्य

 पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

इस्लामावाद, ३० असार  । पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ

के खान्थे पाँच हजार वर्षअघि हिममानव ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले