पूर्व सभामुख ढुंगानालाई जिताउन बरिष्ठ अधिवक्ताहरुको आग्रह

भक्तपुर, १८ मंसिर ।  प्रतिनिधि सभाका पूर्व सभामुख तथा भक्तपुर क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका उमेदवार दमननाथ ढुंगानालाई मत दिएर बिजयी बनाउन कानून व्यवसायीले स्थानीय मतदाताहरुसँग आग्रह गरेका छन् । 

सोमबार रफत् सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाटमा उनीहरुले कानूनका विज्ञ र नेपालको शान्ति रुपान्तरणका एक अथक योद्धाका साथै संविधानका जानकार, मानवअधिकारका विषयमा पोख्त ढुंगानाका पक्षमा आफूहरुले खुलेर मत मत मागेको बताए। उनीहरुले नेपालको राजनीतिक अस्थिरताको अन्त्यका लागि समेत ढुंगानाले जित्नुपर्नेमा जोड दिए । 

लोकतन्त्रको रक्तसञ्चार भनेको निर्वाचन भएकाले इमान्दार, लगनशील र कानूनमा दख्खल राख्ने निर्वाचनमा ढुंगानालाई भक्तपुर क्षेत्र नं २ का मतदाताले विजय गराउनेमा जोड दिए। 

पूर्व महान्याधिवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नेपाल बारका पूर्व महासचिव सुनिल पोखरेल र वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलगायतका वक्ताले वर्तमान परिस्थितिमा कानून व्यवसायी प्रतिनिधिसभामा निर्वाचित हुनु अनिर्वाय भएकामा जोड दिँदै संविधानको प्रभावकारी कार्यान्वयनमा उनीहरुको भूमिका महत्वपूण रहेनमा जोड दिए । 

भक्तपुरलगायत अन्य जिल्लामा पनि कानून व्यवसायी निर्वाचनको प्रतिस्पर्धामा रहेको हुँदा मतदाताले संविधानको सफल कार्यान्वयनका लागि उनीहरुलाई समेत विजयी गराउन आग्रह गरे । 

राजपाको लिखित प्रतिवध्दता माग्न आज छलफल

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने लिखित प्रतिवध्दता जनाएमा असार १४  को निर्वाचन मिति सार्नेमा सत्तारुढ दल सहमत भएका

प्रधानमन्त्री देउवाका दौंतरी कांग्रेसका बागी

काठमाडौं,३० जेठ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी

किन बुझाएन राजपाले हस्ताक्षर

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले उम्मेद्वारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि

क-कसले पाए एमालेमा टिकट ?

काठमाडौं, ३० जेठ । एमालेले प्रदेश ५ र ७ का सबै जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । साताअघि नै प्रदेश ७ को टुंगो लगाएको एमालेले प्रदेश ५ को