गगनमाथि बम आक्रमणमा मेडिकल माफियाको हात 

काठमाडौं,१८ मंसीर । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका प्रत्याशी गगन थापा माथि बम आक्रमणमा मेडिकल माफियाको हात रहेको उच्च प्रहरी स्रोतले बताएको छ । सोमबार चुनावी प्रचारमा काठमाडौंको चपलीमा थापामाथि लक्षित गरी बम आक्रमण भएको थियो। थापालाई बमका छर्राले लागेको छ भने उनका  ७ सहयोगी घाईते भएका छन् ।

काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलो कार्यक्रम सकेर चुनावी कोण सभा गर्ने क्रममा नेता थापामाथि बम आक्रमण भएको हो ।

किन पछि लाग्यो मेडिकल माफिया ?

चिकित्सा शिक्षा सुधार अभियान सार्थक बनाउन लागेका नेता गगन थापाविरुद्ध मेडिकल माफियाले मोर्चा बन्दी गर्नुको मुख्य कारण डा.गोविन्द केसीका विभिन्न पटकका अनशनमा माग पूरा गराउन सक्रिय हुनु हो । थापाले पछिल्लोपटक भावी सांसदको रुपमा आफूले गर्ने प्रमुख एउटा काम स्वास्थ्य शिक्षामा केही गर्ने घोषणा गरेसँगै उनको निर्वाचन क्षेत्रमा मेडिकल माफियाको सन्देहास्पद गतिविधि देखिन थालेको थाहा भएको छ ।

 मेडिकल कलेजका संचालक अनुकुलका कानून बनाउन अघिल्लो संसदमा पनि रोक्ने गगन भएको र डा.केसीले भनेअनुसारको अध्यादेश ल्याउन पनि पहल गरेकै कारणले मेडिकल माफियाहरु उनीसँग ‘फायर’ भएका छन् । विशेषगरी मनमोहन, काठमाडौ नेशनल र बिर्तामोडको बिएण्डसीका संचालकहरु गगन संसद छिरे फेरी केसीले भनेअनुसारको ऐन बनाउँछ भन्दै हराउने साँडगाँठ र सेटिङमा लागेको सुँइको सुरक्षा सूत्रले पाएको बताईएको छ ।

 थापाले गत संसदमा डा.केसीका अनशनपिच्छे सार्वजनिक महत्वका प्रस्तावदेखि डा.केसीका माग संवोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए । स्वास्थ्यमन्त्रीको रुपमा ९ महिने कार्यकालमा रहँदा पनि थापाले विश्वविद्यालयहरुले मेडिकल कलेजका सिट बढाउन र शुल्कमा मनपरी गर्दा अख्तियारको निर्देशनको समेत प्रवाह नगरी काउन्सिलमार्फत त्यसलाई रोकेका थिए ।

उनले चिकित्सा शिक्षा विधेयकलाई सहज रुपमा पास गराउनका लागि मनमोहन सरकारले किन्ने पहलसहित चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठानको नामका अगाडी मनमोहनको नाम थप्ने प्रस्ताव मन्त्रीपरिषद्बाट पारित गराएका थिए । उनले सम्बन्धन नपाएको मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको रुप दिनेगरी अगाडी बढाएको विधेयक समेत फिर्ता गर्ने निर्णय मन्त्रीपरिषद्बाट गराएका थिए ।

सरकारले उनको अनुपस्थितिमा माओवादी निकटको कलेज विएण्डसीलाई सम्बन्धन दिन बाटो खोल्नेगरी गरेको निर्णय अर्कोमन्त्री परिषद्बाट उल्ट्याउन लगाएका थिए । सरकार र संसद दुबै ठाउँबाट मेडिकल माफियाविरुद्ध लडेका थापाले अब फेरी चिकित्सा शिक्षा अध्यादेशलाई आगामी संसदबाट अनुमोदन गराएर सुधारका लागि अन्य पार्टीका सासंदसँगसमेत मिलेर काम गर्ने बताउँदै आएका छन् । 
 


 

 ‘ओली सरकारको आयु माघसम्म’ 

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनरलेखन सभाको माग गरेका छन् ।    आईतबार आयोजना गरेको पत्रकार

 राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत 

  काठमाडौँ, ३० असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका

कम्युनिष्टलाई कमजोर पार्दे विदेशी शक्ति : अध्यक्ष दाहाल

चितवन, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी

 \'संविधान आउँदैमा मात्र संघीयता कार्यान्वयन हुँदैन\'- विमलेन्द्र

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संबिधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने हुँदा प्रदेशको पूर्बाधारमा जोड