हुलाकी मार्गको ठेक्कामा २ प्रतिशत कमिसन नपाउँदा गौचनको हत्या भएको खुलासा

 काठमाडौं, १७ मंसीर । हुलाकी मार्ग निर्माण ठेक्कामा २ प्रतिशत कमिसन नदिएको रिसमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका भएको खुलासा भएको छ । हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि गौचनको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कमिशनमा कुरा नमिलेपछि गौचनको हत्या गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कार कार्कीले आईतबार पत्रकार सम्मेलनमा जानकारी दिए । बस्नेत  चितवनबाट पक्राउ परेको प्रहरीले बताएको छ ।

‘लेनदेनको विषयलाई लियर घटना भएको देखियो’ पत्रकार सम्मेलनमा कार्कीले बताए । उनका अनुसार हुलाकी मार्ग निर्माण ठेक्कामा बस्नेतले २ प्रतिशत कमिसन मागेका थिए ।

गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्ट्रक्सनकका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ घैंटे मार्फत २ करोड ५० लाख लिएको भन्ने खुलेको प्रहरीले जनाएको छ । घैंटेको केही वर्ष अघि प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ ।

उक्त रकममध्ये समीरमान सिंह बस्नेतको १ करोड भएको दाबी गरिएको र कुमार श्रेष्ठको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि समीरमान सिंह बस्नेतले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेका बयानमा भनेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म गौचन हत्यामा संलग्न मध्ये मुख्य योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङ पक्राउ परिसकेका छन् ।

त्यसबाहेक मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् ।

निर्माण व्यवसायी गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए ।

ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

सुर्खेत, ३१ जेठ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

एक गाग्री पानी ल्याउन छ घण्टा पैदल यात्रा

जाजरकोट, २९ जेठ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टा पैदल यात्रा गर्नुपर्छ । घर नजिक

मिस नेवाःको उपाधि आरजुलाई

सुरुङ्गा,झापा, २८ जेठ । मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् । आरजुले उपाधिसँगै नगद ३१ हजार र

सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य बनाईने

काठमाडौं,२८ जेठ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने