चुनावमा देशको चित्र : मेरो लेन्सबाट

प्रत्येक देशका जनताले आफनो मनमा आफनो देशको सुन्दर चित्र वनाएका हुन्छन । ती चित्रहरुमा रंग र तरंग हुन्छन । जनता सुन्दर, शालीन र सभ्य देखिन चाहन्छ । यसमा उसकै कल्पना हुन्छ । त्यही अनुरुप मानिसका चित्र हुुन्छन । नेपालका वारेमा पनि जनताले आ–आफनै क्षमता अनुसारको देशको तस्वीर खिचेका छन । एउटा यस्तो देश जहाँ गरिवी नहोस, कामको खोजीमा जनताले विदेशिन नपरोस । स्वास्थ्य सेवाको अभावले कोही अकालमा मर्नु नपरोस । शिक्षाका अभावमा कुनैपनि बालबालिका अन्धकारमा वस्न नपरोस । शहरहरु सुविधायुक्त हुन । गाउँहरु हराभरा र समृध्द देखियुन । यो वाहेक जनताले केही खोजेको छैन ।

देशमा अहिले आएको परिवर्तन र त्यसको एक अविभाज्य अंगको रुपमा अहिले भइ रहेकोे चुनाव नियमित प्रक्रियाको हिसावले आएको होइन । यसको सन्दर्भ माओवादी जनयुध्दसंग जोेडिएको छ । जनताको समान अधिकार, स्वाभिमान र जागरणका लागि पटक पटक भएका आन्दोलनहरु र माओवादी जनयुध्दले ल्याएको तरंगमा परिवर्तनको नेपाली नक्सा तयार भएको हो । आन्दोलनबाट चुनावसम्म आइपुग्न हामीलाई पूरै एक दशक लाग्यो । पहिलो संविधान–सभाको चुनाव, अन्तरीम संविधान, अन्तरीम संविधानका अपूर्णताहरुका विरुध्द ऐतिहासिक मधेश आन्दोलनले नेपालको इतिहासलाई सुगर्वित तुल्याएको छ । हामी संघीय गणतन्त्र भएका छौं र लोकतन्त्रलाई शासन पध्दतिका रुपमा मात्र होइन, जीवन पध्दतिकै रुपमा आत्मसात गरेका छौं । यसमा कुनै शंका छैन । हाम्रा मित्रराष्ट्रहरुले हाम्रो आन्दोलन र यसका उपलव्धिलाई सम्पूर्णमा स्वीकारगरी सकेका छन ।
अहिले भइरहेको चुनावले देशमा विद्यमान राजनीतिक असन्तोषलाई समाप्त पारेर विकासको नयाँ युग शुरुहुने आशा सवैले गरेका छन । चुनावमा देखा परेका वाम र लोकतान्त्रिक गठवन्धनका नाराहरुको सम्यक अध्ययनगर्ने हो भने चुनावमा विजय जसले हासिल गरेपनि देश अन्ततः विकासको बाटोमा अग्रसरहुने सामान्य निक्र्यौल निकालेका छन जनताले । तर, देशको स्थायित्व यत्तिकैमा सम्भव होला भन्न सकिदैन । स्थायित्वका लागि प्रथमतः राजनीतिक एकता चाहिन्छ । यस्तो एकता नैसर्गिक हुन्छ ।

अहिले देशमा त्यसप्रकारको वातावरण देखिदैन । जस्तो, जनकपुर क्षेत्रकै अवस्थालाई हेर्ने हो भने यहाँका मधेशी नेताहरुमा औपचारिक एकतासम्म पनि देखिदैन । मधेशको वृहत्तर स्वार्थमा नेताहरु सहमत हुन सकेको भए त्यसले भविष्यका लागि राम्रो संकेत दिन्थ्यो । तर, यस्तो देखिएन । चुनाव अभियान चरमोत्कर्षमा पुगेको वेला यस्तो कल्पना नगरेकै वेश होला ।

 राष्ट्रिय जनता पार्टी ९राजपा० अहिले एकपटक फेरी विवादमा छ । पार्टीले स्थानीय तह र त्यसपछिको चुनावमा भाग नलिने निर्णय गरेको भए दुइ नम्वर प्रदेशमा कुनै तरीकाले चुनाव हुन्थ्यो । सरकारले सुरक्षाकर्मीको प्रयोग गरेरै भएपनि चुनाव गराउने थियो । त्यसो भएको भए यतिखेर मानिसहरु विवाह–पन्चमी मेलामा राम–जानकीलाई शुभकामना अभिव्यक्तगर्न जसरी मण्डप अगाडि र मन्दिर परिसरमा चलायमान भएका थिए, त्यही हिसावले राजनीतिक कार्यकर्ताहरु चुनावमा परिचालित हुनु सम्भव थिएन ।

लामो समयसम्म मधेशको मुद्दा उठाएर झण्डै झण्डै थाकेको अवस्थामा पुगेको राजपाको चुनावी अवस्था सोचेजति नराम्रो देखिदैन । तर, चुनावमा मैत्रीपूर्ण दलहरुसंग मित्रताको साटो प्रतिस्पध्र्दामा उत्रिनु उचित थिएन । यो सत्य हो । यो पनि उत्तिकै सत्य हो कि राजपाले आपूmप्रतिको जन विश्वासलाई धान्न सकेको देखिएन । नेपाली कांग्रेसका सर्वाधिक सवल नेता विमलेन्द्र निधिसंग राजपा नेता राजेन्द्र महतोको प्रतिव्दन्दिता आत्मघाती निर्णय थियो । मधेश आन्दोलनका उपलव्धिहरुको कार्यान्वयनका लागि आवश्यक दुवै नेता यसरी भिडनु के आवश्यक थियो रु राजपाका नेता महादेव शाहले वताएजस्तै, ‘जनताको मनमा राजपा खाली आन्दोलन मात्रै गर्ने पार्टी हो, यसले चुनावमा भाग लिंदैन भन्ने मनोविज्ञानले कामगर्न थाल्यो । हामीले सोचे अनुरुप आन्दोलन र संगठनात्मक संरचनाको निर्माण एकैसाथ गर्न सकेनौ ।’ राजपा नेता राजेन्द्र महतो कांग्रेस नेता निधिका विरुध्द आन्दोलनमा उत्रिनु यही मनोविज्ञान हो ।

जुन जुन दलको सहभागितामा राजपा शक्तिको निर्माण भएको थियो ती दलका कार्यकर्ता शुरु देखि नै चुनावमा सहभागिताको पक्षमा थिए । राजपाको अध्यक्ष मण्डलले यो कुरा वुझन अति नै ढिलो गरेको हो ता पनि यो ढिलाइले चुनावको गति अवरुध्द पारेन । नेताहरुले समयमा नै निर्णय लिएको भए चुनावी वहुमत राजपाकै पोल्टामा जाने थियो । तर, नेतृत्ववीच भएको विवाद र अलमलले राजपा शक्तिको विभाजन मात्र गर्यो ।
राजपा चुनावमा सहभागी भएकोले कुनै वाधा र अवरोध विना चुनाव सम्पन्न हुने निश्चित भएको छ । राजपा चुनावमा सहभागी नभएको भए सीके राउतको ‘मतपत्रमा कोठा वाहिर’ मुहर लगाउने अभियान अझै प्रभावकारी हुने थियो ।  ‘लो प्रोफाइल’ मा वसेर देश विभाजनको राजनीति चलाइरहेका राउतको राजनीति देखिए जति लो प्रोफाइल छैन । तराइ मधेशका युवावर्गमा राउतको आकर्षण दिनहूँ वढदै गएको छ । पुराना राजनीतिक दलहरुप्रति अविश्वासको आगो मधेशको युवा मनमा नराम्रोसंग सल्किएकोछ । युवाहरुको समूह नयाँ मान्यतातिर ढल्किइ रहेकोछ । अहिले सीके राउतका कार्यकर्ताहरु चुनावलाई निष्प्रभावी वनाउन सामान्य मतदातालाई मतदानको तरीका पनि सिकाउँदैछन र मतपत्र वदर गराउन ‘कोठा वाहिर’ मुहर लगाउन पनि सिकाइ रहेका छन ।

आपूmलाई वुध्द, गान्धी र मण्डेलाको अनुयायी भन्ने सीके राउत भारत वा अमेरिका कसका एजेण्ट हुन भन्ने प्रश्न यतिखेर त्यति महत्वपूर्ण छैन । उनी नेपालको शासन व्यवस्था विथोल्न यसको अन्तस्करणमा नै प्रहार गरी रहेकाछन । महत्वपूर्ण के हो भने राउतलाई अमेरिका, युरोप लगायतका ३६ वटा विभिन्न देशमा वस्ने मधेश–तराईका नेपालीहरुको दर्जनभन्दा वढी संस्थाको नैतिक, आर्थिक र राजनीतिक सहयोग रहेकोछ । यो अवस्था सुरक्षाको हिसावले गौण होइन ।

निश्चय पनि, चुनावपछि नेपाली राजनीतिले जे जस्तो भएपनि एउटा आकार लिनेछ । राजनीतिले आकार लिए मात्रै हाम्रा समस्या समाधान हुनेवाला  छैनन । संघीयताले राज्यको आकारलाई विस्तारित गरेको छ । तर, त्यस अनुरुपका प्राथमिकता आवश्यकताको आपूर्ति र पूर्वाधारको पत्तो छैन । संघीयताको व्यवस्थापन नभएसम्म समावेशी सिध्दान्त लागु हुनेछैन ।

बाँकी दलका नेताहरुले वुझेकै होलान । चुनाव सबैका लागि सुखद होस ।

(बरिष्ठ पत्रकार किशोर नेपालको यो समसामयिक विश्लेषण जनकपुर टुडेको अनलाईन संस्करणबाट साभार गरिएको हो)

‘भाग्य निर्माण गर्ने कुनै विधाता छैन’

स्वामी वासु समर्पण - ओशोले बारम्बार चर्चा गरेको एउटा सन्देश छ –‘अरी, मै तो नाम के रंग छकी । मनुष्य एउटा शीतको थोपा हो जसको भित्र निर्वाण

संघीयता ओखती कि विष ?

धेरै राष्ट्रको लागि घाँटीमा अड्किएको हाड सावित ‘प्रजातन्त्रले जनतालाई ‘अरू’ (अदर) ठान्ने अवस्था आयो भने त्यस्तो प्रणालीको सरकार निकृष्ट

एल पि भानु शर्मा : आफूभित्रै विराटको गहन अनुभूति हो –‘ परमप्रकाश ’

परमप्रकाशको सुन्दरतम अनुभूति पस्किने क्रममा यहाँलाई भनूँ कि – मनुष्यले जब होस खोल्न थाल्यो, उसका विचारधाराहरु चल्न थाले, त्यतिबेलादेखि नै दुईटा

स्थानीय निर्वाचन : कांग्रेसको दशा र दिशा 

 सात दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसबारे केही समययता अनेक टीकाटिप्पणी सुनिनथालेका छन् । ती विशेषगरी नेतृत्वको क्षमता, विवेक र