झापामा यस्तो छ प्रदेशसभा तर्फको भिडन्त  

झापा, १६ मंसीर । झापा जिल्लामा प्रदेशसभा तर्फको १० वटा सीटको चुनावमा नेपाली कांग्रेस र बाम गठबन्धनका उम्मेद्वारबीच  कडा प्रतिष्पर्धा देखिएको छ ।

 संसदीय क्षेत्र नं. १ को प्रदेश १ मा नेपाली कांग्रेसका महासमिति सदस्य तथा जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे र  बाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला कमिटी सचिवालय सदस्य श्रीप्रसाद मैनाली चुनावी मैदानमा छन् । दुवै उम्मेद्वार स्थापित ब्यवसायी समेत हुन् । उनीहरुले उद्योग, ब्यापार र ब्यवसाय प्रवर्धनको माध्यमबाट जनताको जीवनस्तर उकास्न सकिने चुनावी एजेण्डासमेत अघिसारेका छन् ।

 पार्टीको आधिकारिक घोषणापत्रमा उल्लेख भएका बिषयहरुका अतिरिक्त यी उम्मेद्वारहरुले भारतीय सीमा नाकाको फाइदा उठाउँदै बंगलादेशसँगको ब्यापार बिस्तारलाईसमेत प्राथमिकतामा राखेका छन् ।

त्यसैगरी प्रदेश २ मा नेपाली कांग्रेसका महासमिति सदस्य तथा चर्चित अधिवक्ता अशोक पोखरेल र बाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला कमिटी सचिवालय सदस्य गोपाल बुढाथोकी प्रतिष्पर्धामा छन् । कानूनका ज्ञाता पोखरेलले पार्टी घोषणापत्रका अतिरिक्त प्रदेश कानून, ऐन, नियम र नियमावलीहरु बनाएर संविधानको सफल कार्यान्वयनका लागि जनताले आफूलाई बिजयी गराउनेमा ढुक्क रहेको बताएका छन् ।

 उता एमालेका गोपाल बुढाथोकी भने बाम गठबन्धनको पल्ला भारी भएकोले आफ््नो जीत हुनेमा आशावादी रहेको बताउँछन् । दुवै उम्मेद्वार स्थानीय भएका कारण पनि यहाँ कडा प्रतिष्पर्धा रहेको छ ।

 संसदीय क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका महासमिति सदस्य खड्ग प्रसार्इं र बाम गठबन्धनका तर्फबाट एमालेका प्रदेश कमिटी सदस्य बृख प्रधान चुनावी मैदानमा छन् । दुवै उम्मेद्वार पञ्चायतकालदेखि नै निरङकुशताका विरुद्ध संघर्ष गर्दै आएका ब्यक्तित्वहरु हुन् । पार्टी संगठनभित्र निरन्तर क्रियाशील रहेका दुवै उम्मेद्वारहरु आआफ्नो  जीत सुनिश्चित रहेको बताउँदै छन् ।

त्यसैगरी प्रदेशसभा २ मा नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मण खड्का र बाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला कमिटी सचिवालय सदस्य  एकराज कार्कीबीच रोचक चुनावी भिडन्त भइरहेको छ । सामाजिक संघसंस्था स्थानीय स्तरमा जनताको सेवामा दुवै उम्मेद्वार क्रियाशील रहेको हुँदा यी दुइबीचमा कडा प्रतिष्पर्धा छ ।

 संसदीय निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका महासमिति सदस्य भूमि राजवंशी र बाम गठबन्धनका तर्फबाट एमालेका प्रदेश कमिटी सदस्य बसन्त बानियाँ चुनमावी दौडमा छन् ।

आदिवासी राजवंशीहरुको घनाबस्ती भएको इलाका भएकोले आफ्नो जीत सुनिश्चित रहेको राजवंशीको दावी छ भने गठबन्धनको भोटले आफू बिजयी हुने बानियाँको बुझाई छ । त्यसैगरी प्रदेश २ मा नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रखर वक्ता भगीरथ पोद्दार र बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रिय सदस्य पूर्णसिंह राजवंशी चुनावी भिडन्तमा छन् ।

 दुवै उम्मेद्वार तराई मधेशका आदिवासी, मधेशी भएकाले पनि कस्ले बाजी मार्ला भनेर यहाँका मतदाताहरु उत्सुक छन् । पहिलोपटक संघीय संरचनामा गइरहेको हँुदा आवश्यकतालाई बुझेर सचेत झापाली जनताले आफूलाई  बिजयी गराउनेमा पोद्दार ढुक्क छन् भने आफुलाई मजदूर किसानवर्गको बढी भोट आउनेमा राजवंशी बढी आशावादी छन् ।

 संसदीय निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा १ मा नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधि उत्तम सुवेदी र बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रिय सदस्य झलक दर्लामी सन्देशका बीच रोचक चुनावी भिडन्त हुँदैछ भने प्रदेश २ मा नेपाली कांग्रेसका महासमिति सदस्य किरण भट्टराई र बाम गठबन्धनका तर्फबाट एमालेका मजदुर फाँटका नेता हिरा थापाबीच प्रतिष्पर्धा छ ।

   संसदीय निर्वाचन क्षेत्र नं. ५ का प्रदेशसभा १ मा कांग्रेसका तर्फबाट महासमिति सदस्य, तथा बीपी चिन्तन प्रतिष्ठान झापाका अध्यक्ष अनिलकृष्ण प्रसाईं र बाम गठबन्धनका तर्फबाट एमालेका अखिलका पूर्व अध्यक्ष हिक्मत कार्की चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेका छन् ।

तरुण दलका पूर्व महामन्त्री प्रसार्इं र अखिलका पूर्व अध्यक्ष कार्की बीच निकै रोचक भिडन्त चलिरहेको छ । पञ्चायतकालमा मण्डलेहरुले कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालालाई सुरजपुरामा आक्रमण गर्दा घाइते भएका प्रसाई झापाका युवावीच लोकप्रिय छन् भने एमालेका कार्की स्वच्छ छवि भएका नेता मानिन्छन् ।

त्यसैगरी प्रदेशसभा २ मा नेपाली कांग्रेसका महासमिति सदस्य राजनबहादुर ढुङ्गाना र बाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राई बीच प्रतिष्पर्धा छ । राई झापा जिबिसका पूर्व सभापति हुन् ढुङ्गाना कानून ब्यवसायी हुन् ।
 
 लोकतन्त्रको बिकल्प कम्युनिष्ट अधिनायकवाद हुननसक्ने 

चुनावी प्रतिष्पधामा उत्रिएका प्रतिनिधिसभा र प्रदेशसभाका  लोकतान्त्रिक र बाम गठबन्धनका उम्मेद्वारहरुले स्थिर सरकार निर्माणका लागि जनतासँग मत मागिरहेका छन् । बाम उम्मेद्वारहरुले संविधानलाई संशोधन गरेर राष्ट्रपतीय प्रणालीमा मुलुकलाई लैजाने बताउँदै आएका छन् भने कांग्रेसका उम्मेद्वार जनताले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक संविधान परिर्वतन गरेर कम्युनिष्टहरुले साम्यवादी अधिनायकवाद लाद्न खोजेकाले प्रेस स्वतन्त्रता र मनावअधिकारका हिमायती जनताले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेद्वारलाई जिताउनुपर्ने बताउँदै आएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी संसारको उत्कृष्ट संविधान बनायौं भनेर चिच्याउने कम्युनिष्टहरुले संविधानमा सही गरेको मसी सुक्न नपाउँदै साम्यवादी शासन ल्याउने र संविधान फेर्ने कुरा गरेर देशमा अस्थिरता र अन्यौलको सिर्जना गरेको आरोप लगाउँछन् ।

चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दापनि देशमा संविधान जारी हुन नसकेको बिगत सम्झँदै नेता बुढाथोकीले भने – ‘कांग्रेसको एकजना प्रधानमन्त्री हुने वित्तिकै देशले लोकतान्त्रिक संविधान पएको छ ।  जनताले लामो संघर्ष गरेर ल्याएको संविधानको सफल कार्यान्वयन गर्दै आर्थिक बिकासको गतिलाई अघि बढाउनु पर्नेमा साम्यवादको असान्दर्भिक कुरा झिकेर कम्युनिष्टहरुले देशलाई सँधै अस्थिर राजनीतिक प्रयोगशाला मात्र बनाउन  खोजेका छन् ।’ 

 को को छन् झापामा समानुपातिक उम्मेद्वार

 भापा जिल्लामा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट भारतेन्दुकुमार मल्लिक र महेन्द्रकुमारी सुब्बा समानुपातिक तर्फका उम्मेद्वार छन् । मल्लिक बिजय गच्छदार नेतृत्वको फोरम  लोकतान्त्रिक कांग्रेसमा बिलय भएपछि समानुपातिक उम्मेद्वार भएका हुन् भने सुब्बा यसअघि पनि समानुपाति सांसद् थिइन् ।

 प्रदेशसभातर्फ कांग्रेसबाट तमर राई, ओमप्रकाश सरावगी, सीता पौडेल, भीमप्रसाद राजवंशी, दीपेन्द्र ढकाल, चन्द्रकला भण्डारी र सुष्मा मल्लिक समानुपातिक तर्फका उम्मेद्वार छन् ।

त्यसैगरी बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा एमालेका देवराज घिमिरे, बिमला बिक, कुमारी मेचे र कमला थापा समानुपातिक उम्मेद्वार छन् भने प्रदेशसभा तर्फ होम बहादुर थापा, लोक बहादुर धिमाल, जसमाया गजमेर र भक्त खवास छन् ।   

 

राजपाको लिखित प्रतिवध्दता माग्न आज छलफल

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने लिखित प्रतिवध्दता जनाएमा असार १४  को निर्वाचन मिति सार्नेमा सत्तारुढ दल सहमत भएका

प्रधानमन्त्री देउवाका दौंतरी कांग्रेसका बागी

काठमाडौं,३० जेठ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी

किन बुझाएन राजपाले हस्ताक्षर

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले उम्मेद्वारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि

क-कसले पाए एमालेमा टिकट ?

काठमाडौं, ३० जेठ । एमालेले प्रदेश ५ र ७ का सबै जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । साताअघि नै प्रदेश ७ को टुंगो लगाएको एमालेले प्रदेश ५ को