कैलाश विकास बैंक लि. को २४ औं साधारण सभा सम्पन्न

काठमाडौं,१५ मंसीर । कैलाश बिकास बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले हाल चुक्ता पूंजीको १० प्रतिशतका दरले बोनस शेयर तथा ९.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै संस्थाको आ.व. २०७३÷०७४ को वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विबरण समेत पारित गरेको छ ।  बोनस शेयर पारित भएकाले अब बैंकको अब चुक्ता पूंजी रु २ अर्ब ५२ करोड पुगेको छ ।

२०७४ मार्ग १३ सम्ममा १८अर्ब ३२ करोड निक्षेप संकलन गरी रु. १६ अर्ब १९करोड कर्जा प्रवाह गरेको छ  ।

संस्थाले विभिन्न जिल्लाका ४१ शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै इन्टरनेट बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग तथा आस्वा जस्ता सुविधा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना २० वटा एटिएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

 

 \'राजनीतिज्ञले घुसको पैसाले घर चलाउन हुँदैन\'- शशांक 

काठमाडौँ, ३१ असार । मुलुकको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता प्रोत्साहन गर्न सोहीअनुसारका सरकारी नीति र सुविधा ल्याउनुपर्ने यस क्षेत्रका

पर्यटन मन्त्रीले के आधारमा बाँडे ६० करोड ?

नागरिक दैनिकको सह–प्रकाशन शुक्रबारले असार २९ को अंकमा सम्पादकीय लेख्यो ‘पर्यटन मन्त्रीको ओरालो यात्रा’ शीर्षकमा । यसमा पर्यटनमन्त्री रवीन्द्र

 के के छन् मौद्रिक नीतिका विशेषता ?

काठमाडौँ  ।   आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ ।  नेपाल

 भ्रष्टाचारको मुद्दामा तानिँदै यी चर्चित नेता

    काठमाडौं । नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै