शशांकको दाबी – ‘निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो बन्छ’ 

काठमाडाैं,१५ मंसीर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आसन्न निर्वाचनपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने दाबी गरे ।
‘म देशभरका साथीभाइसँग सम्पर्कमा छु । कांग्रेसको पक्षमा जनलहर आइरहेको सूचना आएको छ ।’ कोइरालाले भने ।

नवलपरासीमा आफ्नो जीत सुनिश्चित भएको उनको भनाई छ । चुनाव जितेपछि आफू प्रधानमन्त्री बन्ने बाटो खुल्ने उनले बताए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै सिनियर नेताहरु भएकाले आफू नै प्रधानमन्त्रीको एक्लो दाबेदार भने नभएको उनले प्रष्ट पारे ।

राजनीति गरेकै सत्ताको नेतृत्वमा पुग्नका लागि हो भन्दै  कोइरालाले निर्णायक भूमिकामा पुग्ने चाहना सबैमा हुने स्पष्ट गरे । ‘ सभापति शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्रजी हुनुहुन्छ, तब पो म छु ।’ आफू तेस्रो बरियातामा रहेको स्पष्ट पार्दै कोइरालाले भने ।
 
 

राजपाको लिखित प्रतिवध्दता माग्न आज छलफल

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने लिखित प्रतिवध्दता जनाएमा असार १४  को निर्वाचन मिति सार्नेमा सत्तारुढ दल सहमत भएका

प्रधानमन्त्री देउवाका दौंतरी कांग्रेसका बागी

काठमाडौं,३० जेठ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी

किन बुझाएन राजपाले हस्ताक्षर

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले उम्मेद्वारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि

क-कसले पाए एमालेमा टिकट ?

काठमाडौं, ३० जेठ । एमालेले प्रदेश ५ र ७ का सबै जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । साताअघि नै प्रदेश ७ को टुंगो लगाएको एमालेले प्रदेश ५ को