जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

टोकियो, १५ मंसीर ।  जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गरेका छन् ।

सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार घोषणा गरेका हुन। उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको  शुक्रबार समाचारमा जनाइएको छ ।

जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा गरेका हुन । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरेको जानकारी दिए ।

सम्राट अकिहितोले यो निर्णय गरिसकेको पनि उनले जानकारी दिए । उनले अरु कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गरेको पनि प्रधानमन्त्री आबेले जानकारी दिए । ८३ वर्षका जापानी सम्राट अकिहितो  राजगद्दी त्याग गरेपछि उनका छोरा ५७ वर्षका युवराजाधिराज नारुहितो राजगद्दीमा बस्ने छन् ।

प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्याग गर्ने र युवराजाधिराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहका रुपमा मनाइने पनि बताए । एएफपी
 

कतार विवादले पार्ने प्रभावहरु

कामाडौं, जेठ । साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब एमिरेट्स, लिबिया र यमनले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन्। तर कतारको अर्थतन्त्र र त्यहाँ

ट्रम्प र हिलारीबीच ट्वीटर झगडा

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बनेकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा

नेपालीसँग माफी मागेर फर्कियो भारतीय प्रहरी

भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय

हेलिकप्टर दुर्घटना तेह्रको मृत्यु

अङ्कारा, १८ जेठ । टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन्