एचआइभी संक्रमितको संख्या घट्दै

बनियानी, झापा, १५ मंसिर । झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ ।

जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार गत वर्ष तीन हजार ९९ पुरुष र एक हजार १०५ महिलाको रगत परीक्षण गर्दा आठजना पुरुष र आठजना महिलामा संक्रमण देखिएको हो । गत वर्ष एकजना एचआइभी संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै, २०७० सालमा ५५ जना, २०७१ मा ६७ जना, २०७२ मा ५८ जना एचआइभी संक्रमित फेला परेको कार्यालयले जनाएको छ । जिल्लामा २०७० देखि २०७४ सम्म १८४ एचआइभी संक्रमित फेला परेका छन् । संक्रमितमध्ये पुरुष १०३ जना र महिला ८१ जना रहेका छन् । सोही अवधिमा चारजना महिला र छजना पुरुष संक्रमितको मृत्यु भएको थियो ।

हाल जिल्लामा ४६१ जना एचआइभी संक्रमित रहेको कार्यक्रम अधिकृत पौडेलले बताए । पुरुष २५५ जना र महिला २०६ जना महिला रहेका छन् । तीमध्ये ४५७ जनाले नियमित औषधि एआरटी सेवन गरिरहेका छन् । प्रसूति सेवाको सुविधा भएका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण गरिँदै आएको छ । 

“स्वास्थ्य संस्थामा आउने रहेक गर्भवतीको एचआइभी परीक्षण गरिँदै आएको छ” पौडेलले भन्ने । गत वर्ष तीन हजार २१९ जना गर्भवतीको एचआइभी परीक्षण गरिएको थियो । जिल्लामा डाइमण्ड सोसाइटी, सहारा नेपाल, आम्दा नेपाल, लभकुस आसाम, नाइटचेस क्लब, जनस्वास्थ्य कार्यालयले एचआइभीसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । रासस
 

 लुम्बिनी अस्पतालमा ‘सिकलसेल एनिमिया’का बिरामी 

बुटवल, २९ असार । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ

आँप खाऔं स्तन क्यान्सरबाट बचौं

अहिले आँपको सिजन । बजारमा अरुबेला भन्दा केही सहज मूल्यमा फलफुलको राजा मानिने आँप किन्न पाइन्छ । आँपको सेवनबाट हामीले सोच्दै नसोचेको फाइदा पाउन सक्छौ

एकै पटक धेरै काम गर्दा दिमागले प्रोसेस गर्न सक्दैन

भागदौडपूर्ण जीवनमा हरेक मानिससँग समयको अभाव छ । समयको अभाव देखाउँदै मानिसले एक पटक धेरै काम गर्न खोज्छ । तर अध्ययनले यस्तो गर्नु नोक्सानीपूर्ण हुने

वर्षायाममा आइ ड्रपः खतरनाक हुनसक्छ

  वर्षाको समयमा आँखा सम्बन्धी विभिन्न किसिमका इन्फेक्सन ‘कन्जंटिभिटिज’को समस्या हुने गर्छन् । यस्तो समस्याबाट मुक्त हुन आइ ड्रप व्यापक प्रयोग