दशौं वर्षगाँठमा धुर्मुस सुन्तलीको  ‘उनी र म’  

काठमाडौं, १५ मंसीर  । सिताराम कट्टेल ‘धुर्मुस’  र कुञ्जना घिमिरे ‘सुन्तली’ले आफनो वैवाहिक जीवनको दशौं वर्षगाँठ बाढी पिडितका लागि निर्माणाधिन सन्तपुर एकीकृत वस्तीमा मनाएका छन् । दुबैले सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुसँगै विवाह वर्षगाँठ मनाएर आफूहरुको प्रेम दर्शाउन भिडियो गीत पनि सार्वजनिक गरेका थिए ।

गीतमा हास्य जोडि आफैले अभिनय गरेका छन् भने स्वर राजेश पायल राई र अन्जु पन्तको रहेको छ । दिनेश थपालियाको शब्दरचनामा अर्जुन पोखरेलले गीतमा संगीत भरेका छन् । धुर्मुस सुन्तलीको निर्देशनमा बनेको गीतमा प्रकाश कोइरालाको परिकल्पना र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीतलाई धुर्मुस सुन्तली युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उक्त अवसरमा धुर्मुस सुन्तलीले बस्तीका सबै कामदारलाइ लड्डु बाँडेका थिए भने उत्कृष्ट काम गर्ने कामदारलाइ नगद पुरस्कार पनि दिईएको थियो । माघ २४ गते हस्तान्तरण गर्ने योजना रहेको सामुहिक आवासगृह निर्माणको अहिलेसम्म पचास प्रतिशत काम सम्पन्न भइसकेको छ ।  

मञ्जरी थिएटरमा बालबालिकाको ‘उड्की–मुड्की’

काठमाडौं, ८ फागुन । कुमारीगालस्थित मोक्षदा स्कुलको मञ्जरी थिएटरमा उड्की–मुड्की नाटक मञ्चन सुरु भएको छ । रंगकर्मी सुरेश चन्दद्वारा निर्देशित

फिल्म नपाएर मोडलिङमा जम्दै अमिषा

मुम्बई । बलिउडमा आफनो पहिलो फिल्म ‘कहो ना प्यार है’ बाट एकाएक हिट भएकी नायिका हुन अमिषा पटेल । अहिले उनले आफना केही हट फोटोहरु इन्सटाग्राममा शेयर

बलिउडमा इमरान र ऋतिकको भिडन्त

मुम्बई । एक समयमा ‘सिरियल किसरका’ नाम कमाएका नायक हुन इमरान हासमी । उनी अभिनित फिल्म चुम्बन बिना सफल नै हुदैन्थ्यो । तर उनी अहिले नराम्रा दिनहरुबाट

 कुञ्ज थियटरको उद्घाटन ‘म्याड म्यान्स डायरी‘ बाट

काठमाडौं,७ फागुन । घोष्ट राईटिङ नेपाल र कुञ्ज थियटरको संयुक्त सहकार्यमा उनाइसौं शताब्दीका विश्वप्रसिद्ध चिनियाँ लेखक लु सुनको ‘म्याड म्यान्स