राजा आउलान ? कि आइसके ?

राजसँस्थाको पुनर्स्थापनालाई लिएर विविध मत आइरहेका छन् ! आफ्नो हातमा सारा राज्य संयन्त्र हुँदा नथामिएको राजमुकुट सजिलै आउँदैन र सजिलै थामिदैन भन्ने कुरा राजाले नबुझेका नहोलान !
 
कसैले राजालाई दल खोलेर राजनीति गर्न पनि चुनौती दिइरहेका छन् ! तर राजसँस्था कुनै राजनीतिक संगठन होइन सामाजिक, धार्मिक, सांस्कृतिक पक्ष बोकेको राज्य संगठन हो ! जुन दिन राजाको राजनीतिक संगठन बन्दछ, त्यस दिन राजसँस्था राजसँस्था बन्दैन,राजसँस्था सबैको बन्न सक्दैन !
 
पंचायत राजाको सक्रिय र प्रतक्ष नेतृत्वको राजनीतिक संगठन थियो र नै त्यसले राजालाई निरन्तर विवादमा तानिरह्यो र राजसँस्थालाई कमजोर बनाइरह्यो   !

त्यसैले राजालाई कहिले सूर्यबहादुरको र कहिले तुलसी गिरी र कहिले परशुनारायण चौधरी कमलराज रेग्मी र केशरजंग रायमाझीको थाङ्ग्रो आवश्यक भयो ?

जनमत सङ्ग्रहमा विजय प्राप्त गरेको पंचायतलाई राजाले विघटन गर्दा कुनै पन्च सडकमा आएर जनताबाट अनुमोदित पंचायतलाई फाल्न पाइन्न भनेर एक शव्द बोल्न सकेनन !

पंचायतको लागि मर्ने – वाँच्ने शपथ लिएकाहरू हेर्दाहेर्दै सङ्कटमा परेको पंचायतको स्वामित्व न राजाले लिए न ३० वर्ष पंचायतको नाउमा सत्ता र शक्तिमा रहेका पन्चहरूले !

अर्को कुरा राजा आफ्नै कारणले मात्र गएका होइनन, मुलुक भित्र र बाहिरका अत्यन्त सघन र जटील रणनीतिक स्वार्थ समूहको आफ्नै आफ्नै स्वार्थ रक्षाको प्रतिष्पर्धाको चेपुवामा हटेका हुन् राजा,उनको व्यक्तित्व र कार्य सहयोगी मात्र रहेको हो राजसँस्था हट्नमा ।

राजा वीरेन्द्रको हत्या त्यसको पूर्वाभ्यास थियो । त्यसैले राजा आफ्नो व्यक्तित्व, प्रभाव वा क्षमताको बलमा आउने होइनन, जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले हटाए उनीहरूकै सहमतिमा आउने हुन् । राजाले पनि पछिल्लो सम्वोधनमा त्यसलाई उल्लेख गरेका छन् । 

१०४ बर्ष सम्म राणाले नेतृत्व गरेको सेना राजाको भन्दा राणाकै थियो,कहिले भीमसेन थापाको थियो, कहिले जङ्गबहादुरको । जो वास्तविक शासक थियो सेना उसैको थियो,पछि २०६२(६३को परिवेशमा पनि त्यस्तै भयो । 
 
माथि आइसकेको छ, राजा राजनीतिक शक्ति मात्रै होइनन ! उनको अनुपस्थितिले राज्य अड्किने पनि होइन । तर उनले राज्यको स्थिरता र राष्ट्रको एकतालाई प्रतिनिधित्व गर्ने भएकोले उनको अनुपस्थितिमा राज्यको भर र विश्वसनीयता बढेन । उनको अनुपस्थितिमा दलहरूप्रतिको जन विश्वास बढेन  । 

दल र नेताहरूकै राजनीतिक सुरक्षाको लागि राजा आवश्यक देखिए । 
 
एउटा पनि विश्वास र भरलाग्दो सँस्था नदेखिएको मुलुकमा राजनीति भन्दा माथिको सबैलाई प्रतिनिधित्वगर्ने, राजनीतिक जितहार भन्दा माथिको सँस्था चाहिने रहेछ ! राष्ट्रपतिलाई त्यस्तो बनाएको भए हुन्थ्यो नी त ! बनेको भए हुन्थ्यो ! किन नबनाएको ? किन नबनेको ?

राजा नेता र दलहरूका ढाल थिए । उनीहरूको सुरक्षाको एउटा तह थिए । दलहरू र नेताहरूकै सुरक्षा र सम्मानको रक्षाका लागि पनि राजा आवश्यकदेखिए । आजको मितिमा दल र नेताहरू जति अलोकप्रिय र बद्नाम छन् , त्यति इतिहासमा कहिल्यै थिए  छातीमा हात राखेर सम्झिए हुन्छ । 

 तर राजाको वा केही हजार राजावादीको चाहनामा राजा गद्दीमा फर्किने होइन ।

सुनको किस्तीमा राजमुकुट राखेर सरकार मुकुट पहिरिबक्सियोस भनेर मुलुकका प्रमुख राजनीतिक शक्तिहरू ढोकामा आए भने त्यै पनि राजाले रहरले होइन, राष्ट्रिय दायित्व सम्झिएर राजमुकुट ग्रहण गर्ने हो ।

नत्र चुपो लगेर मात्र बस्ने हो ।
 
जुन असाधारण संयम, गरिमा र साहस राजा ज्ञानेन्द्रले नारायणहिटी छोड्दा प्रदर्शन गरे र गरिरहेका छन् , त्यसले राजसँस्था हटेपनि राजसँस्थाको मर्यादा र गरिमालाई भने बढाएकै छ ।  राजाको मर्यादा र नैतिक सत्ता फर्किएकै छ । राजनीतिक शक्ति नफर्किएको त होनी । मलाई त राजा हारेका छैनन् जस्तो लाग्दछ । 

(नेपाल शिक्षक युनियनका पुर्व अध्यक्ष भट्टराइको फेसबुक वालबाट)

‘भाग्य निर्माण गर्ने कुनै विधाता छैन’

स्वामी वासु समर्पण - ओशोले बारम्बार चर्चा गरेको एउटा सन्देश छ –‘अरी, मै तो नाम के रंग छकी । मनुष्य एउटा शीतको थोपा हो जसको भित्र निर्वाण

संघीयता ओखती कि विष ?

धेरै राष्ट्रको लागि घाँटीमा अड्किएको हाड सावित ‘प्रजातन्त्रले जनतालाई ‘अरू’ (अदर) ठान्ने अवस्था आयो भने त्यस्तो प्रणालीको सरकार निकृष्ट

एल पि भानु शर्मा : आफूभित्रै विराटको गहन अनुभूति हो –‘ परमप्रकाश ’

परमप्रकाशको सुन्दरतम अनुभूति पस्किने क्रममा यहाँलाई भनूँ कि – मनुष्यले जब होस खोल्न थाल्यो, उसका विचारधाराहरु चल्न थाले, त्यतिबेलादेखि नै दुईटा

स्थानीय निर्वाचन : कांग्रेसको दशा र दिशा 

 सात दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसबारे केही समययता अनेक टीकाटिप्पणी सुनिनथालेका छन् । ती विशेषगरी नेतृत्वको क्षमता, विवेक र